जोमसोम—जलवायु परिवर्तनको असर हिमाली जिल्ला मुस्ताङमा पर्न थालेको छ । स्याउको राजधानी मानिएको मुस्ताङमा जलवायुको प्रभाव देखिन थालेपछि यहाँको कृषि उत्पादनमा समेत यसको प्रत्यक्ष÷परोक्ष असर देखिन थालेको हो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान समेत विगतको तुलनामा अनपेक्षित रुपमा वृद्धि भईरहेको छ । अनुकुल हिउँ पर्ने समयमा हिउँ नपर्ने, कुनै वर्ष आशिंक हिउँ पर्ने र कहिले भारी हिमपात हुने लगायतका कारण हिमाली क्षेत्रमा जलवायुको असर देखिन पुगेको हो । जलवायुका कारण यहाँको पर्यटन ,जैविक विविधिता,धर्मसंस्कृति,मौलिकता,शिक्षा,स्वास्थ्य र सांंस्कृतिक सम्पदा, मौलिकतासंगै यहाँको मुख्य आयआर्जनको श्रोत कृषि र पशुपालन व्यवसायमा समेत हानीनोक्सानी पू¥याउन थालेको छ ।
गतवर्ष स्याउको परागसेचन हुने महिना बैशाखमा जलवायु परिवर्तनकै असरका कारण निरन्तर वर्षा हुँदा मुस्ताङमा स्याउ उत्पादन घट्न पुगेको थियो । यसवर्ष पनि मुस्ताङका अधिकाँश स्याउ बगानमा स्याउ बोटमा विभिन्न रोगकिराहरु देखा परेको छ । स्याउ बोटमा रोगकिराको प्रकोप देखिन थालेपछि मुस्ताङका किसान अहिले चिन्तामा छन् ।
मुस्ताङको ५ स्थानीय तह मध्ये ३ स्थानीय तहका कतिपय स्याउ बगैचाहरुमा झुसिल्किरा प्रजातीको फलको गोवारो किराको प्रकोप बढ्दो रुपमा रहेको कृषि ज्ञान केन्द्र मुस्ताङले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सम्वन्धित स्थानीय तहका कृषि शाखाहरुले आफ्नो कार्यालयको फेसबुक पेजबाट सार्वजनिक सूचना संम्प्रेषण गरी कृषकहरुलाई सजगता अपनाउन अनुरोध गरिएको छ । उनीहरुले फलको गवारो रोगकिरालाई न्यूनिकरण गर्न समेत विभिन्न प्राविधिक सल्लाह समेत दिने गरेका छन् ।
मुस्ताङमा स्याउ लगायतका फलफूल तथा तरकारीमा फलको गवारो किराको प्रकोप सबै भन्दा बढी घरपझोङ गाउँपालिका देखिएको छ । यहाँका ५ वटै वडाहरुमा फलको गवारो किराको प्रकोप देखिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४ र ५ नम्बर वडाहरुमा पनि यसप्रकारको समस्या देखिएको छ । थासाङमा यसको असर आशिंक रुपमा देखिएको जनाईएको छ ।
घरपझोङ—४ जोमसोमका किसान हृदय श्रेष्ठका अनुसार स्याउ लगायतका फलफूल तथा तरकारी जन्यबालीहरुमा झुसिल्किार जस्तो फलको गवारो किरा व्यापक रुपमा देखिएको जानकारी दिए । उनले स्याउको बोट र अन्यबालीहरुमा हरियो, कालो र खैरो रंगका फलको गवारो किराले स्याउ लगायतका शितोष्णबालीहरुमा क्षति पू¥याएको उल्लेख गरे ।‘ स्याउ बोटको पात र फलहरुमा जता हे¥यो उतै किरैकिरा देखिन्छन्,स्याउ फलमा प्वालै प्वालले फलको छिद्रछिद्र भएको छ,उनले भने, हिजो मात्रै बगैचामा रसायनिक विषादी छर्किएको छु, अझै स्याउ बोटबाट किराहरु हटिसकेको छैन । घरपझोङका किसान श्रेष्ठले जलवायु परिवर्तनको असरका कारण जमिनको तापक्रम बढेकाले यसप्रकारको रोगकिरा देखा परेको हुनसक्ने उनले सुनाए ।‘ स्याउ बोटमा देखिएको यसप्रकारको किरा आफुले पहिलो चोटी देखेको हुँ,उनले भने, यसले यहाँको ५० प्रतिशतको हाराहारीमा उत्पादन घटाउन सक्ने मेरो अनुमान छ।’
मुस्ताङमा स्याउ बगानमा फलको गवारो किराको प्रकोप मात्र होईन यहाँको कतिपय स्याउ बगानमा स्याउ बोटमा फल्दै गरेका स्याउहरु बोटबाट आफै झरेर नष्ट भएको छ । स्याउ बोटमा लटरम्म फल्ने स्याउहरु यसवर्ष स्याउ बोटमा फलहरु आफै झरेर क्षति हुन थालेपछि यहाँका किसानमा झनै चिन्ता थपिएको हो । घरपझोङ जोमसोमकी किसान सुकमाया थकालीको बगैचामा रहेको धेरैजसो स्याउ बोटबाट झरेर नांगा भएका छन् । गतवर्ष लटरम्म फल्ने गरेको बगानको स्याउ अहिले झरेर पातलो भएको किसान थकालीले जनाईन् । एकाएक बोटबाट आफै स्याउ झर्न थालेपछि सुकमाया थकालीले आश्चार्य चकित भएकी छिन् । उनले अनुकुल समयमा हिउँ नपरेको र स्याउको परागसेचन हुने बेला निरन्तर वर्षा भएकाले स्याउ बोटको फल झरेर क्षति भएको उनको बुझाई छ ।
कृषि र पर्यटन क्षेत्रमा निकै प्रचुर संम्भावना रहेको मुस्ताङमा यहाँका किसानको मुख्य आम्दानी श्रोत स्याउनै हो ।पछिल्लो समय स्थानीय जातका स्याउ खेती भईरहेको मुस्ताङमा विगत ५ वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेतीमा मुस्ताङका किसानको आर्कषण बढ्दै गईरहेको छ । तर, स्याउ खेतीतर्फ यहाँका किसानको आर्कषण बढिरहँदा विश्वले उत्र्सजन गरिरहेको कार्बन अक्साईडले यहाँका कृषि क्षेत्रलाई असर पू¥याउन थालेको हो । जलवायुका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुँदा स्याउ खेतीले बसाई सार्न थालेको छ भने अर्कोतर्फ स्याउ लगायतका फलफूल र तरकारीहरुमा विभिन्न प्रकोप देखिदै जान थालेको हो ।
कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा बढी र थासाङ गाउँपालिकामा स्याउको बोटहरुमा फलको गवारो रोगकिराको प्रकोप रहेको जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले फलको गवारो किराको प्रकोपले यहाँका किसानको स्याउ बगानको स्याउमा क्षति पू¥याईरहेको जानकारी दिए । ‘ मुस्ताङमा फलको गवारोको किराको प्रकोप देखिएको छ,स्याउको फललाई प्वाल पारेर भित्रको गुदी खाएर फललाई खोक्रो पारिदिन्छ,कार्यालय प्रमुख बस्ताकोटीले भने,‘ फललाई प्वाल पार्ने र गुदी खाईदिएपछि स्याउको गुणस्तर घटाईदिन्छ भने फलको वजन समेत कमी गर्छ ।’
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार किसानको स्याउ बगैचामा देखिएको फलको गवारो किराको प्रकोप हटाउन रसायनिक विषादीको उचित डोज मिलाएर छर्किनु पर्ने जनाएको छ । स्याउ बोटमा लागेको फलको गवारो किरा रोक्न ईमामेक्टिन बेन्जोईड वा स्पीनोसाड मध्ये एक १५ लिटर पानीमा ५ ग्राम मिलाएर व्यवस्थापन बगैचामा छर्किनु पर्ने कृषि ज्ञान केन्द्र कार्यालयले सुझाएको छ ।
केन्द्रले जलवायु परिवर्तन र मौसमी तापक्रमका कारण रोगकिराको प्रकोप देखिएको जनाईएको छ । जलवायुकै कारण स्याउको परागसेचन हुने समयमा निरन्तरको वर्षाले यो वर्ष आशिंक स्याउ परागसेचनमा असर पुगेकाले स्याउको बोटबाट फलहरु झर्न पुगेको केन्द्रको भनाई छ ।
पछिल्लो समय मुस्ताङमा १४९५ हेक्टरमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५८५ हेक्टरमा लगाईएको स्याउ खेतीले स्याउ उत्पादन दिने गरेको छ । मुस्ताङमा गतवर्ष ४९७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता