यहाँको थासाङ गाउँपालिका—२ स्थित कोवाङ—लार्जुङ लाङ्क्यु खोलामा आरसीसी तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । बर्सेनि बर्खायामको भेल बाढीले लार्जुङ वस्ती डुबानको जोखिममा पर्देआईरहेकाले थासाङ गाउँपालिकाले लाङ्क्यु खोला आरसीसी तटबन्ध निर्माण योजना कार्यान्वयनमा ल्याएको हो ।
संघीय सशर्त अनुदान शीर्षकको बजेटबाट आरसीसी तटबन्ध निर्माण योजना अघि बढाईएको हो । चालु आवको पन्ध्र असारसम्म सम्पन्न गर्ने गरी एक करोड ३५ लाख लागतमा मनि कन्ट्रक्सनले तटबन्ध निर्माण योजनाको ठेक्का सम्झौता गरेको हो । थासाङ गाउँपालिका—२ को कोवाङ र लार्जुङ गाउँबाट बग्ने लाङ्क्यु खोलामा नदी नियन्त्रणका लागि दुईतर्फी आरसीसी तटबन्ध निर्माणको संरचना तयार हुँदै गरेको गाउँपालिकाका ईन्जिनीयर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।
बेनी—जोमसोम सडकमार्गको पक्की पुलदेखि कोवाङ —लार्जुङ लाङ्क्यु खोला पुलसम्म दाँयाबाँया दुईतर्फी ३७८ मिटर आरसीसी तटबन्ध निर्माण गरिने योजना रहेको ईन्जिनीयर गिरीले उल्लेख गर्नुभयो । आरसीसी तटबन्ध अन्तर्गत छ ईञ्चको ग्राउण्ड सोलिङ हुने र त्यसमाथि तीन ईञ्चको पीसीसी ढलान हुनेछ । यसैगरी तटबन्धको पीसीसी ढलान गरेपछि ३५ सेमीको रडसहितको ढलान हुने र त्यसपछि डबल रडसहितको आरसीसी ढलान गरिने ईन्जिनीयर गिरीले बताउँनुभयो ।
कोवाङ —लार्जुङ लाङ्क्यु खोलामा निर्माणधीन आरसीसी तटबन्ध निर्माण योजनाको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँको लाङ्क्यु खोलाले धार परिवर्तन गर्ने जोखिम कम गर्न तथा लार्जुङ वस्तीको संरक्षणका लागि गाउँपालिकाले गत साउन महिनामा डोजर परिचालन गरी नदी उकास घटाएको थियो ।
गत वर्षको असार १६ गते थासाङको लाङ्क्यु खोलामा अचनाक ठाँडो खोलाको बाढी आउँदा लार्जुङ गाउँ जोखिममा परेको थियो । बाढी आएपछि लार्जुङका केही घरधुरीले अन्यत्र स्थान्तरण गरिएको थियो । लार्जुङ खोलमा ढुंगा गिट्टी र बालुवासहितको ग्रेगान थुप्रियर खोलाको उकास बढेको थियो । गतवर्ष बाढीले उकास बढेपछि लाङ्क्यु खोलाले धार परिवर्तन गर्न खोजेको र त्यहाँको कोवाङ—लार्जुङ जोड्ने पुल समेत जोखिममा परेको वडाध्क्ष गौतम शेरचनले स्मरण गर्नुभयो । आरसीसी तटबन्ध निर्माण सम्पन्न भएमा लार्जुङ गाउँका करिव पन्ध्र घरधुरीको संरक्षण हुने वडाध्यक्ष शेरचनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली