जोमसोम ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ६ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यहाँका ४० मतदान केन्द्र मध्ये ६ मतदान केन्द्रमा महिला नेतृत्व रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत दिपेन्द्र पौडेलका अनुसार घरपझोङ —४ स्याङ स्थित जनकल्याण आधारभूत मतदान केन्द्रको मतदान अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता सुशिला ज्ञवाली, थासाङ गाउँपालिका—१ टुकुचे स्थित योगेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रको मतदान अधिकृतमा थासाङ गाउँपालिका लेखा अधिकृत सकुन्तला अधिकारी र थासाङ गाउँपालिका—२ सौरु आधारभूत मतदान केन्द्रको मतदान अधिकृतमा प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङलाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको हो ।
यसैगरी महिला मतदान अधिकृतको जिम्मेवारी पाउनेमा वारागुङ मुक्तिक्षेत्र—५ फल्याक स्थित जनमुक्ति आधारभूत मतदान केन्द्रको मतदान अधिकृतमा प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कंडेल, लोमान्थाङ गाउँपालिका निफुक स्थित निफुक नामडोल नार्बुलिङ गुम्बा मतदान केन्द्रको मतदान अधिकृतमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्रशासकीय अधिकृत शोभा पुन र जोमसोम स्थित जिल्ला कारागार मतदान केन्द्रको मतदान अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता रन्जिता पोखरेललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मुस्ताङका ४० मतदान केन्द्र मध्ये ८ मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा महिलालाई समेटिएको छ । सहायक मतदान अधिकृतमा अजिता शर्मा, मञ्जु आले, चिना रेग्मी, शारदा आचार्य पौडेल,शुष्मा सेन, सुकदेवी गर्बुजा,सुभद्रा रिजाल र चित्रकुमारी थापा रहेका छन् ।
दुई मतदान केन्द्रमा शतप्रतिशत महिला
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत यहाँका ४० मतदान केन्द्र मध्ये २ मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाईने भएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार यहाँको घरपझोङ—३ स्याङ स्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्र र जोमसोम कारागारमा रहेको एक अस्थायी मतदान केन्द्रमा पुरै महिला सहभागिता रहने गरी कार्यविभाजन भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउँनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घरपझोङ—३ स्याङ स्थित जनकल्याण आधारभूत मतदान केन्द्रमा सुशिला ज्ञवाली,अजिता शर्मा,निरुता रानामगर, बन्दना घर्तीमगर,गरिमा ओली र उमादेवी राई रहेका छन् ।
यसैगरी जोमसोम कारागारको अस्थायी मतदान केन्द्रमा रन्जिता शर्मा, चित्रकुमारी थापा र रमिता कुमारी रोकायालाई खटाईएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाईने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लगायतलाई धमाधम नियुक्ति प्रदान गर्न थालेको छ । यसअघि निर्वाचनमा खटाईने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई जिल्ला निर्वाचन कार्यालयले मतदान प्रक्रिया सम्वन्धि प्रशिक्षण तथा मतदान स्थल कार्यविभाजन गरिसकेको । मुस्ताङमा एक अस्थायीसहित ४० मतदान केन्द्रमा २१६ जना कर्मचार जनशक्ति खटाईदैछ । कार्यविभाजन भएका कर्मचारी जनशक्तिलाई मतदान केन्द्रमा कुनै स्वास्थ्य समस्या वा कुनै कठिनाई उत्पन्न भएको अवस्थामा थप २ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडामा राखिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच पालिकाका ३९ मतदान केन्द्रमा एघार ३२८ जना मतदाता कायम भएको छ । निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कामहरु सम्पन्न भईसकेको जनाईएको छ ।
यहाँका मतदान स्थलको सुरक्षा लगायतका कार्यहरुमा नेपाल प्रहरीबाट ५०१ जना र सशस्त्र प्रहरीबाट २०० बढी सुरक्षाकर्मी परिचालित गरिएको छ । नेपाली सेनाले पनि माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेसक्याम्प स्थापना गरी निरन्तर गस्ती गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली