घरपझोङ जलवायु सम्मेलनको तयारी अन्तिममा

मुस्ताङ,२४, भदौ ।

 आगामी भदौ ३० र ३१ गते मुस्ताङमा आयोजना हुँने ’घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’को तयारी अन्तिम चरणमा पुगेको छ । विश्वकै चिन्ता र चाँसोको बिषय बनेको जलवायु परिवर्तनको प्रभाव र त्यसले स्थानीय समुदायम पु¥याएको असर लगायतका विषयमा साझा अवधारणा तयार गर्न घरपझोङ गाउँपालिकाले  जलवायु सम्मेलनको तयारी गरेको हो ।

 हरितगृह ग्याँस उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धि हुँदै गर्दा जलवायु तापमान वृद्धिले हिमाल,पहाड र तराईका जिल्लाहरुले भोग्नु परेका जलवायु संकट र त्यसको समुचित व्यवस्थापन , यसले नेपालमा पु¥याईरहेको क्षति र भावी दिनमा जलवायु प्रभावले पु¥याउन सक्ने जोखिम लगायतका विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले सम्मेलन आयोजना गर्ने तयारी गरेको हो । सम्मेलनमा हिमाल ,पहाड र तराई क्षेत्रले भोग्नु परेका जलवायु संकटका समस्या र चुनौतिहरुको उजागर गरिने भएको छ ।

  सम्मेलनको तयारी ८५ प्रतिशत सम्पन्न भईसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भिमकुमार बस्नेतले जानकारी दिनुभयो । मुस्ताङमा आयोजना हुने जलवायु सम्मेलनका लागि ७५३ वटै स्थानीय तहहरुलाई पत्रचार गरिएको छ ।  पत्राचार गरिएका स्थानीय तह मध्ये बुधबारसम्ममा  तीन सय ५२ वटा स्थानीय तहले सम्मेलनमा सहभागी हुने लिखित तथा मौखिक जानकारी प्राप्त भएको र योसंख्या थपिदै जाने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।

 गाउँपालिका कार्यालयका अनुसार पहिलो पटक मुुस्ताङमा आयोजना हुन लागेको ऐतिहाँसिक घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा करिव दुई हजार बढी अतिथि पाहुनाहरुको उपस्थिती रहने प्रक्षेपण गरिएको छ । यसका लागि अतिथिहरुको आवास तथा भोजनको व्यवस्थापनका लागि गाउँपालिकाले पालिका भित्रका साना र ठुला गरी सय भन्दा बढी होटलहरु दुईदिनका लागि अंग्रिम बुकिङ गरिसकेको जनाईएको छ ।

 सम्मेलनको भदौ ३० गते बिहान  संघीय कृषि,वन तथा वातावरणमन्त्री माननीय गिता चौधरीद्वारा उद्घाटन गरिने तय गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलाई पनि सम्मेलनमा उपस्थित हुन पत्रचार गरिएको छ ।

 सम्मेलनमा महानगर,उपमहानगर ,नगरपालिका र गाउँपालिकाका अध्यक्ष एवं प्रतिनिधीको सहभागीको लागि पत्रचार गरिएको छ । यसैगरी सम्मेलनका लागि ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, सात वटै प्रदेशका वन,पर्यटन, र वातावरण हेर्ने सचिवहरुलाई यसअघिनै निमन्त्रणा पठाई सकिएको छ । 

यस्तै, नगरपालिका महासंघ गाउँपालिका महासंघ र जिसस महासंघ लगायतलाई पनि सम्मेलनमा आमन्त्रण गरिएको छ ।

 सम्मेलनमा जलवायु सम्वन्धी बहश छेडिने छ ।प्रमुख प्रशासकीय अधिकृत भिम कुमार बस्नेतका अनुसार सम्मेलनमा जलवायुसंग सम्वन्धीत संघसंसस्थाहरुलाई आमन्त्रण गरिएकामा अन्तराष्ट्रिय एकिकृत पर्वतीय  विकास केन्द्र (ईसीमोड),डब्लु डब्लु एफ, प्रकृति संरक्षणका लागि अन्तराष्ट्रिय संघ (आईयुसिएन), त्रिभुवन विश्व विद्यालयको जल तथा मौसम केन्द्र विभाग र वातावरण विज्ञ केन्द्रिय विभाग,राष्ट्रिय विपद जोखिम तथा पूननिर्माण प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालय लगायतका विज्ञ टोलीहरुको सहभागीता रहने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी भूमि व्यवस्था,सहकारी।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गण्डकी प्रदेश नीति तथा योजना आयोग, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका प्रतिनिधीहरुको सम्मेलनमा उपस्थिती रहने जनाईएको छ । सम्मेलनको पहिलोदिन भदौ ३० गते सम्मेलन उद्घाटनका साथै जलवायुसंग सम्वन्धीत चरणवद्ध समुहगत छलफल हुनेछ । सम्मेलनको दोस्रोदिन ७५३ वटै स्थानीय तह तथा जलवायु विज्ञहरुले पेश गरेका अवधारणा पत्रलाई समावेश गरी ऐतिहाँसिक घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’को साँझा घोषणा पत्र जारी गरिने भएको छ ।

सम्मेलनमा जलवायुसंग सम्वन्धीत सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असर सम्वन्धी फोटो प्रर्दशनी गरिने छ । सम्मेलनमा स्थानीय स्तरमा पाईने कृषि तथा पशुपालन सम्वन्धी उत्पादनका ५० भन्दा बढी स्टलहरु राखिने जनाईएको छ ।

 पछिल्लो समय गत भदौ १० गते जलवायु परिवर्तनका असरका कारण हिमपात फुटेर रसुवाको भोटेकोशीमा बाढीले पु¥याएको ठुलो धनधनको क्षतिको सन्दर्भमा मुस्ताङमा विश्व समुदायको ध्यानाकर्ष गर्ने उद्देश्यले सम्मेलनका आयोजना गरिएको हो । पछिल्लो पाँच वर्ष यता हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनले कृषि,पर्यटन,पशुपालन,धर्मसंस्कृति,पर्यावरण ,जैविक विविधता र वातावरणीय क्षेत्रहरुमा प्रतिकूल असर पुगेको छ । जलवायु सम्मेलनमा हिमाल ,पहाड र तराईका जिल्ला र स्थानीय तहले भोग्दैआएका समस्याहरुलाई नीतिगत व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया