मुस्ताङमा स्याउको टिपाई तथा हार्भेस्ट सुरु भएको छ । यहाँ जिल्ला स्तरीय निर्णय अनुसार भदौ १५ गतेदेखि छिटो पाक्ने र भदौ २२ गतेदेखि ढिलो पाक्ने स्याउ टिपाई गर्न पाउँने नियम बनाईएको थियो ।
जिल्ला स्तरको निर्णयसंगै यतिबेला मुस्ताङका स्याउ बगानमा धमाधम स्याउ टिपाई गरी बजारिकरण गर्ने कार्य सुरु गरिएको छ । स्याउको ब्यापारका लागि जिल्ला भित्र र जिल्ला बाहिरका ब्यापारीहरुको समुह यतिबेला मुस्ताङको स्याउ बगानमा स्याउ संकलन गर्न जुटेका छन् ।
मुस्ताङमा बर्सेनि स्याउको ब्यापार गर्दैआईरहेका धादिङका उर्जा तामाङपनि आफ्ना गाउँका केही सहयोगीसहित मुस्ताङका बगैचामा स्याउ टिपाई तथा संकलन गर्ने कार्यमा निकै व्यस्त देखिन्छन् ।
पचासको दशकदेखि हालसम्म मुस्ताङका निरन्तर बर्सेनि स्याउको ब्यापारमा सक्रिय धादिङका उर्जा तामाङाको यो ब्यापारले तीन दशक पुरा गरिसकेको छ । तामाङले मुस्ताङमा स्याउको ब्यापार गर्दा अहिलेको जस्तो सहज यातायातको सुविधा थिएन । त्यसबेला तामाङले मुस्ताङको स्याउ संकलन गरी घोडाखचच्चडमा बोकाएर बजार पु¥याउने गथ्र्ये । तर, समय क्रमसंगै सडकको सहज पहुच भईसकेकाले स्याउ ढुवानीमा पर्ने समस्या र चुनौतिहरु निकै कम भएको ब्यापारी तामाङ बताउँनुहुन्छ । स्याउ टिपाई तथा संकलन गरी ट्रकमा लोड गर्न सकिएमात्रै एकदिन पोखरा पु¥याउन सकिने तामाङको भनाई छ ।
सुरुआती ६ रुपैया केजी स्याउ हुँदा धादिङका तामाङले मुस्ताङमा स्याउको ब्यापार थालेका थिए । तर, त्यही स्याउ किसानसंग खरिद गर्दा बोटमै प्रतिकेजी सय रुपैया भन्दा बढी पर्ने गरेको तामाङ बताउँनु हुन्छ । तीन दशकसम्म स्याउको ब्यापारमा जोडिएका धादिङका उर्जा तामाङ लाग्छ आधा मुस्ताङी भईसकेका छन् । बर्सेनि स्याउ ब्यापारको साईनोले मुस्ताङका अधिकाँश किसानले उहाँले नचिन्ने कमै छन् ।
‘सानै उमेरदेखि लामो समयसम्म मुस्ताङमा स्याउको ब्यापारमा लागियो,स्याउ पाक्ने सिजनमा मुस्ताङ धाउने बानीनै परिसक्यो,’ ब्यापारी तामाङले भन्नुभयो,‘ आफुले जानेको र बुझेको पेशा यही स्याउको ब्यापार हो, यसैले यो पेशामा बाट अलग हुनै सकिन ।’ बसेनि भदौदेखि कार्तिक महिनासम्म मुस्ताङमा स्याउ संकलन गरी बजार पु¥याएर बिक्री गर्ने काम गनुभएका धादिङका तामाङ अन्य समय भने गाउँमै खेती किसानको काम गर्नुहन्छ । खेती किसानी र स्याउको ब्यापार व्यवसायमा परिवारको जिविकोपार्जन चल्ने गरेको ब्यापारी तामाङ बताउँनुहुन्छ ।
स्याउ ब्यापारी तामाङले मुस्ताङबाट बर्सेनि करोड मुल्य बराबरको स्याउ बजार पु¥याउने गरेका छन् । स्याउको टिपाई संकलन सुरु हुनु अघिको एक महिना अघिनै मुस्ताङ आएर किसानको स्याउ बगैचामा तामाङले अवलोकन गर्छन , स्याउको बोटबाट कति कार्टुनसम्म स्याउ फलेको छ भनी अनुमान गरी स्याउको मौखिक तथा केही पैसा दिएर किसानलाई बैनापट्टा गर्छन । ब्यापारी तामाङका अनुसार स्याउको बैना लगाउँदा केही किसानलाई मौखिक रुपमा स्याउ खरित्ने जानकारी गराउँछन भने केही स्याउ किसानले धेरधोर पैसा छोडेर बैना लगाउँछन् । मुस्ताङमा धेरै किसानले चिनेका भएकाले लगानीको खासै आवश्यकता नपर्ने ब्यापारी तामाङ बताउँनुहुन्छ ।
मुस्ताङमा लामो समय स्याउ ब्यापार गर्दैआईरहेकाले सबैले चिन्ने भएकाले खासै लगानीको आवश्यकता नपर्ने तामाङको भनाई छ । किसानबाट संकलन गरिएको स्याउ पैसा बजारमा पु¥याएर बिक्री गरेपछि मात्रै किसानको बैंक खातामा भुक्तानी दिने गरेको तामाङ बताउँनुहुन्छ ।
ब्यापारी तामाङका अनुसार यसवर्ष मुस्ताङमा स्याउको उत्पादन राम्रो भएको भएपनि फलको आकार भने केही सानो भएको बताउँनुभयो । मुस्ताङबाट स्थानीय लोकल स्याउ मात्रै संकलन गरिन लागिएको उहाँले जानकारी दिनुभयो ।
स्याउको ब्यापारबाट बर्सेनि आठ ÷दश लाख जती आम्दानी हुने गरेको भएपनि कुनै वर्ष स्याउको ब्यापार तलमाथि हुँदा घाटा समेत व्यवहोर्नु पर्ने अवस्था रहने तामाङले उल्लेख गर्नुभयो । स्याउको ब्यापार गर्दा केही प्रतिशत नाफा लिएर थोक मुल्यमा पोखरा लगेर बिक्री गर्ने गरेको तामाङको भनाई छ ।
स्याउको ब्यापार गर्दा किसानको बगैचामा पुगेर स्याउ टिपाई गर्ने,संकलन गर्ने,कार्टुनमा प्याकिङ गरी ट्रकमा लोड गर्नुपर्ने भएकाले खर्चिलो रहेको उहाँ बताउँनुहुन्छ । स्याउ टिपाई गर्ने श्रमिकलाई दैनिक हजार रुपैया ज्याला दिएर काम खटाउँनुपर्ने अवस्था रहेको ब्यापारी तामाङले खुलाउँनुभयो ।
यसवर्ष कोरलानाकाबाट चाईनिज स्याउ भित्रिदै गरेको समाचारले कतै स्याउ बिक्री नहुँने पो होकी भन्ने चिन्ता थपिएको तामाङले सुनाउँनु भयो । यसवर्ष रसुवाको बाढीले ठुलो धनधजनको क्षति भएकाले सबै मानिसहरु दुखमा रहेकाले स्याउको खपत कम हुने अनुमान रहेको ब्यापारी तामाङ बताउँनुहुन्छ । स्याउको ब्यापार गर्दा नाफा भएपनि घाटा भएपनि किसानहरुलाई जसरी भएपनि पैसा दिनुपर्ने उहाले जनाउँनुभयो ।
मुस्ताङमा लगातार तीस वर्ष बढी ईमान्दारीपूर्वक स्याउको ब्यापार गरेकाले मुस्ताङका किसानले आफुलाई विश्वाश गर्ने गरेको तामाङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली