यहाँ स्थित उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका वडाध्यक्ष डुकके बिष्टको मंगलबार निधन भएको छ ।
वि.स.२०१० साल चैत्र १० गते जन्मिएका वडाध्यक्ष बिष्टको ७३ वर्षको उमेरमा निधन भएको हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा लोमान्थाङ—५ लोमान्थाङको वडाध्यक्षमा निर्वाचित भएका विष्ट लोमान्थाङका जनप्रतिका साथै समाजसेवा तथा व्यापार व्यवसायमा आवद्ध थिए ।
पेटको आन्द्रा सम्वन्धि समस्याले बिरामी परेका वडाध्यक्ष बिष्टको हिउँद महिनामा काठमान्डौंमा अप्रेसन गरिएको थियो । अप्रेसनपछि काठमान्डौंमा आराम गरी बसेका वडाध्यक्ष बिष्ट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अघि गाउँ फर्किएका थिए ।
वडाध्यक्ष बिष्टको निधनप्रति लोमान्थाङ गाउँपालिकाले एक सूचना प्रकाशित गरी शोक व्यक्त गरेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । यसैगरी लोमान्थाङ—५ का वडाध्यक्ष बिष्टका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बुधबार लोमान्थाङ गाउँपालिका कार्यालय, पाँच वटै वडा कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक बिदा गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता