मुस्ताङ,२४,भदौ ।
गएरातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आशिंक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी अनुसार गएराति करिव ९ बजेर ५३ मिनेटको समयमा उपल्लो मुस्ताङमा भूकम्पको असर महसुश गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिवारीका अनुसार गएरातिको भूकम्पको असरले लोमान्थाङ—३ फुवा गाउँको एक घरमा छत र पर्खाल भत्किएको छ । ढुंगा र माटोले निर्मित उक्त घरमा मानिसहरु नबस्ने भएकाले मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक तिवारीले उल्लेख गर्नुभयो ।
यसैगरी प्रहरी विवरण अनुसार भूकम्पका कारण लोमान्थाङ—५ लोमान्थाङ स्थित छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ । प्रहरी नायव उपरीक्षक तिवारीका अनुसार गएरातिको भूकम्पले कहाँ कहाँ क्षति पुगेको छ भन्ने जानकारी लिन प्रहरी र जनप्रतिनिधि टोली खटिएका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएराति ९ बजेर ५३ मिनेट ३४ सकेन्डमा पाँच दशलव ३ म्याग्नेच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।
लोमान्थाङमा गएराति दुई पटकसम्म भूकम्प गएको लोमान्थाङ गापाकी उपाध्यक्ष छ्युमी बिष्टले जानकारी दिनुभयो । पहिलो पटकको भूकम्पको ठुलो धक्का महसुश भएपछि लोमान्थाङ स्थानीय घर बाहिर सुरक्षित स्थानमा बसेका थिए ।
यसैगरी गएराति उपल्लो मुस्ताङसहित तल्लो मुस्ताङसम्म भूकम्पको धक्का महशुस गरिएको थियो ।———
तस्विर : छ्युमी बिष्ट
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता