उपरथि पौडेलको नेतृत्वमा ६ पूर्व भारतीय सेनाध्यक्षले गरे मुक्तिनाथको दर्शन

नेपाली सेनाका उपरथि सन्तोष बल्लभ पौडेलको नेतृत्वमा ६ जना भारतीय  पूर्व सेनाध्यक्ष त एवं नेपाली सेनाका पूर्व मानार्थ महारथिले बिहिबार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नु भएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत बिहान ८ बजे मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेका े उपरथि सन्तोष बल्लभ पौडेलसहित भारतीय पूर्व सेनाध्यक्ष लगायतको टोलीले मुक्तिनाथमा करिव  २ घण्टा  दर्शनमा समय खर्चिएर पून ः काठमान्डौंमा फर्किनु भएको हो ।

  यसअघि भारतीय पूर्व सेनाध्यक्षसहितको टोली एयर ईन्डिया उडानबाट  महाशिवरात्रि तथा नेपाली सेनाको २६२ औं स्थापना दिवसमा सहभागी हुन काठमान्डौं आईपुगेको थियो । सोही क्रममा नेपाल सेनासंगै  भारतीय पूर्व सेनाध्यक्ष  लगायतको टोली मुक्तिनाथको दर्शन गर्न  आउनु भएको हो ।

 नेपाली सेना स्थापना दिवसका क्रममा मुक्तिनाथ दर्शन गर्न आउने सेवा निवृत्त  भारतीय पूर्व सेनाध्यक्षहरुमा  जनरल जोगिन्दर जसवन्त सिंह,  जनरल दिपक कपुर, जनरल दलबीर सिंह सुहाग, जनरल डा. मनोज मुकुन्द  नरवणे र जनरल मनोज पाण्डे लगायत छन् । भारतीय पूर्व सेनाध्यक्षसहित  उनीहरुका परिवारका सदस्य गरी १६ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भएको हो ।

नेपाली सेनाका उपरथि सन्तोष बल्लभ पौडेलसहित भारतीय पूर्व सेनाध्यक्ष लगायतको टोलीले मुक्तिनाथमा सामुहिक तस्विर समेत खिचेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले भारतीय पूर्व सेनाध्यक्ष लगायतको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार वहालवाल नेपाली सेनाको टोलीसंगै मुक्तिनाथ दर्शन गर्न आउनु भएका भारतीय सेनाध्यक्ष लगायतको टोलीलाई आवश्यक सुरक्षा व्यवस्था तथा दर्शनकार्यमा सहजीकरण गरिएको बताउँनुभयो ।



प्रतिक्रिया