जोमसोम ।
गएरातिको ठाँडो खोला बाढीले मुस्ताङ—डोल्पा सडक अवरुद्ध बनेको । अस्थायी रुपमा कामचलाउका रुपमा रहेको निर्माणधिन (मुस्ताङ—डोल्पा) सडकको दुई स्थानमा वर्षासंगैको बाढीले सडक ट्याकमा क्षति पुगेको हो ।
यहाँको मुस्ताङ—डोल्पा जोड्ने सडक सडक डिभिजन कार्यालय बहुवर्षीय योजनाका रुपमा चरणवद्ध सडक निर्माण गरिहेको थियो । मुस्ताङको साङ्ता गाउँ हुँदै छुकसम्ब सम्म सडकको अवस्था सामान्य छ । त्यहाँबाट डोल्पातर्फ सडकको ट्याक ओपन भएपनि केही किलोमिटर सडक अप्ठ्यारो र निकै चुनौतीपूर्ण छ । यद्यपी त्यहाँको अप्ठ्यारो सडकमा डोजरको सहायतले जीप र ट्याक्टर तानेर डोल्पातर्फ क्रस गराईन्थ्यो । अहिले यहाँको सडक बर्खा लागेपछि बन्द छ ।
मुस्ताङको साङ्ता गाउँ हुँदै छुकसम्बसम्म जीप र ट्याक्टर लैजान मिल्ने भएपनि वषासंगै आएको बाढीले छुकसम्बसम्मको सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
मुस्ताङ—डोल्पा सडक अन्तर्गत साङ्ता गाउँदेखि डोल्पातर्फ पाँच सय मिटर टाढा ढोन्टोक खोलामा गएरातीको बाढीले करिव करिव पचास मिटर सडक ट्याक पूर्ण रुपमा क्षति तुल्याएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।
यसैगरी उक्त सडकको साङ्ता गाउँदेखि सात किलोमिटर डोल्पातर्फ टेथाङ स्थित ठाँडो खोलाको बाढीले त्यहाँको सडक संरचनामा पूर्ण रुपमा क्षति बनाएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यहाँको मुस्ताङ —डोल्पा सडक अवरुद्ध भएसंगै मुस्ताङबाट उपल्लो डोल्पासम्मको मालसामान ढुवानीमा समस्या परेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली