जोमसोम— मुस्ताङमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । थासाङ गाउँपालिका—२ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन आफ्नै घर अगाडीको माछा पोखरीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सागर पौडेलसहित ५ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको निरीक्षण,मुचुल्का संकलन गरेको थियो ।
प्रहरी निरीक्षक सागर पौडेलले पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको र घटनाबारे्मा थप अनुसन्धान भईरहेको जानकारी दिए । घटना स्थल प्रहरी चौकी कोवाङबाट १ किमी पञ्चिममा पर्छ ।
२७ पुस २०८१, आईतबार १०:०६ मा प्रकाशित
1929
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली