त्युङ्ला पर्वको अवसरमा घरपझोङ्ले दियो सार्वजनिक बिदा


जोमसोम - तीन गाउँले थकालीहरुको महान पर्व त्युङ्लाको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।गाउँ पालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले स्वास्थ्य तथा अन्य अतिआवश्यकीय सेवा प्रवाहमा बाधा नपुग्ने गरि त्युङ्ला पर्वको अवसरमा बुधवार सार्वजनिक स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउपालिकाद्रारा  प्रकाशित सार्वजनिक सूचनामा गाउँ पालिका कार्यलय र सम्वन्धित वडा कार्यालयको सेवा तथा कामकाज बन्द रहने जनाईएको छ । गाउँपालिका अध्यक्ष मोहनसिह लालचनले स्थानिय धर्म ,सास्कृती,रहनसहन र मौलिकताको सम्मान गर्दै यसप्रकारका पर्वहरुको संरक्षण ,सम्वद्दन र प्रर्वधन गर्न गाउपालिकाले स्थानीय बिदा निर्णय गरेको अध्यक्ष लालचनको भनाई छ ।


मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत चिमाङ,स्याङ र ठिनी गाउँ तीन गाउले थकाली समुदायको उदगम स्थल हो ।यहाका तीन गाउँले थकाली समुदायले सदियौ वर्षदेखि त्युङ्ला पर्व मनाउदै आईरहेका छन ।सदा वर्ष झै यसवर्ष पनि बुधवार देखि त्युङ्ला पर्व शुभारम्भ भएको छ ।तिबतियन पात्रो अनुसार दोस्रो महिनाको छेवचौध तिथि देखि तेस्रो महिनाको छेव एकसम्म त्युङ्ला पर्व मनाउने प्रचलन छ ।तिब्बतीयन पात्रो अनुसार प्रत्येक वर्षको दोस्रो महिनालाई त्युङ्ला भन्ने गरिन्छ ।

त्युङ्ला पर्वमा तीन गाउँले थकाली समुदायहरुले विभिन्न देविदेवताको पुजा अर्चना गर्ने, पितृ पुजा, प्रकृति पुजा गर्ने,तारो खेल्ने र आपसमा नाचगान गरि हर्षउल्लासका साथ मनाउने गर्छन ।

प्रतिक्रिया