जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा तुलाचन

मुस्ताङको थासाङ गाउँपालिका—३ लेतका अमित तुलाचन जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्ष पदमा मनोनित भएका छन् । प्रदेश खेलकुद परिषद (गण्डकी)ले उनलाई जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्ष पदमा मनोनित गरेको हो । 

निर्मल स्पोर्टिङ क्लवका पूर्व खेलाडी एवं क्लवको टिम कोचका कार्यभार सम्हाल्दै आईरहेका तुलाचनलाई  बुधबार प्रदेश खेलकुद परिषद (गण्डकी)को माननीय परिषद अध्यक्ष एवं सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री स्तरीय बैठकले मुस्ताङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको थियो ।

प्रदेश खेलकुद परिषद (गण्डकी)ले प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ११ को उपनियम ४ बमोजिम पदावधि रहने गरी उल्लेखित नियामावलीको नियम ११ को उपनियम १ (क) मा व्यवस्था भएअनुसार जिल्ला खेलकुद विकास समिति मुस्ताङको अध्यक्षमा मनोनित गरिएको हो ।

प्रदेश खेलकुद परिषद (गण्डकी)का सदस्य सचिव श्रीघर शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । अध्यक्षमा मनोनित तुलाचनले मुस्ताङमा हुने घरेलु खेलकुद प्रतियोगिताहरुलाई प्राथमिकतामा राखेर मोफसलको खेलकुद कार्यक्रमलाई गति प्रदान गर्ने बताए ।

 जिल्लामा हुने थाक खेलकुद प्रतियोगिता , विद्यालय स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता र स्थानीय स्तरमा मौलिक परम्परागत रुपमा सञ्चालन हुने सांस्कृतिक प्रतियोगिताको उत्थान र विकासमा समर्पित भएर लाग्ने अध्यक्ष तुलाचनको भनाई छ ।


प्रतिक्रिया