मुत्तिनाथ सडक खुल्यो

कागबेनी- मुत्तिनाथ सडक खुल्योकागबेनी- मुत्तिनाथ सडक खुल्यो

सुन्दरकुमार थकाली 

जोमसोम-

प्रसिद्ध धार्मिक स्थल मुत्तिनाथ जोड्ने ( कागबेनी- मुत्तिनाथ ) सडक सुचारु भएको छ । वारागुङ- १ का वडाध्यक्ष प्रमेश गुरुङको पहलमा डोजर परिचालन गरि मुत्तिनाथ अवरुद्द सडक शनिवार साझदेखि खुल्ला भएको हो ।

शुक्रबार देखि निरन्तर परेको अविरल वर्षाले कागबेनी मुत्तिनाथ सडकको आधा दर्जन स्थानमा क्षती पुगेको थियो ।सडक अवरुद्द भएका कारण मुत्तिनाथ दर्शन गर्ने भत्तजनहरु समस्यामा परेका थिए ।


प्रतिक्रिया