जोमसोम— मुस्ताङका सुरक्षाकर्मीले मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर क्षेत्रको बृहत सरसफाई गरेका छन् । अघिल्लोदिन हजारौ भक्तजनबाट भएको मुक्तिनाथको फोहोर मुस्ताङ प्रहरीले सफा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथ र प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी प्रहरी टोलीसहितको संयुक्त सहभागितामा आईतबार बिहान मुक्तिनाथ मन्दिर क्षेत्रलाई दुर्गन्धित हुन नदिन बृहत सरसफाई गरिएको हो ।

चैत दसै कृष्ण औसी तिथिमा दिवंगत पिृत उद्दारका लागि श्राद्ध,पिण्डदान र तर्पण दिन मुस्ताङ आएका तिर्थालु भक्तजनहरुले मुक्तिनाथको दर्शन गर्ने क्रममा जम्मा भएको फोहोरलाई सुरक्षाकर्मी लगायतको टोलीले बृहत सरसफाई गरी सफा तुल्याएको छ । पवित्र धार्मिक स्थल मुक्तिनाथ क्षेत्रलाई सफा स्वच्छ र वातावरणमैती राख्नका लागि मुस्ताङ प्रहरीले विगतदेखिनै मुक्तिनाथ मन्दिर क्षेत्रमा यसप्रकारको सरसफाई कार्यक्रम सञ्चालन गर्दैआईरहेको छ ।
भगवान बिष्णुको वासस्थानको रुपमा रहेको पवित्र धार्मिक स्थल मुक्तिनाथमा दर्शन गर्न जाने धार्मिक तिर्थालु भक्तजनहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र यसप्रकारको फोहोर जम्मा हुँदा मुक्तिनाथ मन्दिर क्षेत्रको वातारणीय सौन्दर्यतामा समेत प्रतिकुल असर पर्ने भएकाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मीबाट बृहत्त सरसफाई लगायतको कार्यक्रम गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

चैत दसै औंसीका दिन मुक्तिनाथ क्षेत्रमा भक्तजनहरुबाट भएको चालिस बोरा फोहोरलाई प्रहरी टोलीले व्यवस्थापन गरी सफा तुल्याईएको छ । मुक्तिनाथ मन्दिर परिसरको क्षेत्र अन्तर्गत मन्दिर भित्रको परिसर, १०८ धारा, कुण्ड , मन्दिरको बाहिरी परिसर, शौचालय ,कपडा चेन्जङ रुमसहित मुक्तिनाथको प्रवेशद्धारदेखि मन्दिरसम्मको सिंढी बाटो र मन्दिर आसपास क्षेत्रमा फोहोर संकलन गरी सरसफाई गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो ।

‘ भक्तजनमा पानीका बोतल ,पुजा सामाग्री राख्ने प्लाष्टिकका झोला, लत्ताकपडा र खानेकुरा जथाभावि मिल्काउने परिपाटीले मुक्तिनाथमा अनाधिकृत रुपमा फोहोर जम्मा हुने गरेको छ,’ कर्मचारी सुवेदीले भने,‘ यहाँ पनि दुईजना नियमित सरसफाईकर्मी हुनुहुन्छ, तर , ठुलो संख्यामा भक्तजन आउदा यहाँ फोहोर व्यवस्थापन गर्नमा समस्या छ ।’
मुक्तिनाथमा चैत दसै कृष्ण औसीका दिन शनिबारमात्रै पन्ध्र हजार बढी दर्शनार्थीले मुक्तिनाथको दर्शन गरी फर्किएको जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता