मुस्ताङमा सेनाको माउन्टेन वारफायर आधारभुत तालिम हुँदै

मुस्ताङ, २६, जेठ ।

नेपाल सेना अन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङले  बर्सेनि आधारभुत तालिम समापन भएलगत्तै एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको एडभान्स तालिममा नेपाली सेनाका शिक्षार्थीसहित विभिन्न मुलुकका शिक्षार्थीहरु सहभागि हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ  ।

 यसै प्रयोजनका लागि मुस्ताङमा ११ जेठदेखि  सेनाको हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । तालिममा देशभरका करिव एक सय चालिस भन्दा बढी सैनिक शिक्षार्थीहरु सहभागि भएका छन् । सोमबार मुस्ताङको जोमसोम स्थित कालिगण्डकी नदीमा बन्दोबस्तीका सामानहरु प्रयोग गरी शिक्षार्थीहरुले रिभर क्रसिंङका विभिन्न विधाहरुको अभ्यास प्रशिक्षण गराईएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित कैसाङमा रहेको शैनिक उच्चशिखर शिक्षालय मार्फत हालसम्म ‘हाईअल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्वन्धि तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ जना सैनिक शिक्षार्थी दिक्षित भईसकेको सैनिक जनसम्पर्क निर्देशानालय काठमान्डौंले जनाएको छ । मुस्ताङमा बर्सेनि हाईअल्टिच्युड तथा माउन्टेन वारफायर सम्वन्धि आधारभुत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशानालयले जनाएको छ ।

 मुस्ताङमा हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जंगी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो । स्थापनाको ५० औं पुरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिव ७ हजार जना शिक्षाथर््ीले आधारभुत तालिम प्राप्त गरिसकेको र दुई हजार पाँच सय जनाले शिक्षार्थीहरुले हाईअल्टिच्युड तथा माउन्टेन वारफायर सम्वन्धि एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवत्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

 नेपाली सेना अन्तर्गत शैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीहरु मध्ये ५१ जनाले आठ हजार मिटर भन्दा माथिको हिमाल आरोहरण गरिसकेको सैनिक प्रवत्ता बस्नेतको भनाई छ । प्रवत्ता बस्नेतका अनुसार मुस्ताङबाट हाईअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पुरा गरेका शिक्षार्थीहरु मध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसेकेका छन् । मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दिक्षित शिक्षार्थीहरुलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको सैनिक प्रवत्ता बस्नेतको भनाई छ ।

 नेपाली सेनाले बर्सेनि यसप्रकारको आधारभुत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको छ । यसप्रकारको आधारभुत तालिम कोर्स ४÷५ महिनासम्म हुने र एडभान्स तालिम आवश्यकता र औचित्यताको आधारमा निर्धारण हुने सैनिक प्रवत्ता बस्नेतले बताउँनुभयो । नेपाली सेनाले पर्वतीय क्षेत्र अन्तर्गत मुस्ताङमा समून्द्री सतहको दुई हजार पाँच सय मिटरको उचाईदेखि पाँच हजार पाँच सय मिटरको उचाईमा हाईअल्टिच्युड आधारभुत तथा एडभान्स तालिम सञ्चालन गर्ने गरेको सैनिक जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ । हिमाली तथा उच्चपहाडी युद्धकला, चट्टान कला,हिमकला र रिभर कला लगायतका सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास तालिम हुने गरेको सैनिक प्रवत्ता राजाराम बस्नेतले बताउँनुभयो । यसका अलावा नेपाली सेनाले तालिम दौरानमा वातावरण प्रदुषण घटाउन तथा जलवायु संकट न्यूनिकरण गर्ने उद्देश्यले हिमाल तथा पर्वतीय क्षेत्रमा भएका फोहोरमैलाको समेत व्यवस्थापन गर्ने गरेको सैनिक प्रवत्ता बस्नेतले बताउँनुभयो । नेपाली सेनाले बर्सेनि सफा हिमाल अभियान समेत सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया