यहाँ स्थित पाँच पालिकामा तेह्र जना व्यक्ति क्षयरोग सक्रमित रहेको जनाईएको छ । विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा यस्तो बताईएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङद्वारा आयोजित अन्तरक्रियामा वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले मुस्ताङमा आशिंक व्यक्ति क्षयरोगबाट ग्रसित रहेपनि क्षयरोगकै कारण हालसम्म कसैको पनि मृत्यु नभएको जानकारी दिनुभयो । क्षयरोग हावाको माध्यमबाट अर्को व्यक्तिमा सर्ने उहाँले बताउँनुभयो । संक्रमित व्यक्तिले खोक्दा ,हाछ्यु गर्दा र बोलचाल गर्दा माईक्रोब्याक्टेरियम ट्युबरकुलोसि ब्याक्टेरियाको थोपाबाट अर्कौ व्यक्तिमा सर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत तामाङको भनाई छ ।
यसैगरी प्रदेश अस्पताल जोमसोमका एमडिजीपी चिकित्सक डा. प्रदीप कुमार दासले एक जना क्षयरोग संक्रमित व्यक्तिले १० जना व्यक्तिलाई सक्रमित बनाउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभयो ।
क्षयरोग सम्वन्धि प्रस्तुतीकरणका क्रममा एमडिजीपी चिकित्सक दासले नेपालमा बर्सेनि ६८ हजार नयाँ क्षयरोगका बिरामीहरु वृद्धि हुने गरेको र जसमध्ये १६ हजारको बर्सेनि मृत्यु हुने गरेको बताउँनु भयो । नेपालमा प्रति एक लाख जनसंख्या बराबर २२९ जनामा क्षयरोग देखिने गरेको उहाँको भनाई छ ।
नेपालमा सन् २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य सहित कार्यक्रमहरु अघि बढाएको छ । क्षयरोग पीडित बिरामीले नियमित रुपमा दुई वर्ष औषधि सेवन गरेमा क्षयरोग निको हुने भएकाले क्षयरोगका बिरामीहरुले उपचारका लागि औषधि र आवश्यक उपचार सेवा निःशूल्क गरिएको कार्यक्रममा बताईएको छ । क्षयरोग रोग मात्र नभई सामाजिक समस्या पनि भएकाले क्षयरोगका बिरामी यथेस्ट रुपमा खुल्न नचाहने गरेको जनाईएको छ ।
यसैगरी फोक्सोमा हुने क्षयरोग ८० प्रतिशत र क्षयरोग बाहेक अन्य अंगबाट हुने क्षयरोग २० प्रतिशत रहेको छ । क्षयरोग नङ र कपाल बाहेक शरिरका जुनसुकै भागमा लाग्नसक्ने एमडिजीपी चिकित्सक डा. दासको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता