यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित महिला समुहको सभाहलमा आईतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला भेला सकिएको छ । यहाँ आयोजित रास्वपा भेलाले १३ सदस्यीय जिल्ला कार्यसमिति मुस्ताङ गठन गरेको छ ।
यहाँ आयोजित रास्वपाको प्रथम जिल्ला भेलाले सुदेश गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको रास्वपा मुस्ताङले जनाएको छ । कार्यसमितिको उपसभापतिमा भिषण थकाली,सचिवमा जिवन हिराचन,सहसचिवमा पासाङ ढोमा गुरुङ, र कोषाध्यक्षमा शंकर गुरुङ रहेका छन् ।
यसैगरी सदस्यहरुमा खम्सुङ ओङ्दी गुरुङ, ओङ्छु शेर्पा,सचिना नेपाली,हरिप्रसाद थकाली, सुरेश गुरुङ, अजय गुरुङ,संञ्जय गुरुङ,सोनी थापा र ताक्ला गुरुङ रहेका छन् ।
यसैगरी रास्वपा जिल्ला भेलाले संगठन विभाग समिति र जिल्ला ¥यापिड (आरएटी) समिति गठन गरेको छ । रास्वपाको मुस्ताङ स्थित संगठन विभाग समितिको संयोजकमा सन्तोष गुरुङ र उपसंयोजकमा प्रेमप्रसाद पौडेल चुनिएका छन् । यसैगरी भेलाले महेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला ¥यापिड समिति (आएटी) गठन गरेका छन् ।
यहाँ आयोजित रास्वपा मुस्ताङको प्रथम जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्न रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल,केन्द्रिय सदस्यहरु एलिजा गुरुङ,मोहनजंग थापा,गण्डकी प्रदेश सभापति राजन गौतम,केन्द्रिय संगठन विभाग सदस्य कृष्णमान श्रेष्ठ,केन्द्रिय ¥यापिड संयोजक साजन तिमिल्सिना लगायतको टोली मुस्ताङ आएको थियो ।
यहाँ आयोजित रास्वपा जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यवाहक सभापति अर्यालले पार्टी प्रवेश गराई सदस्य प्रदान गर्नुभएको थियो ।
जिल्ला भेलालाई सम्वोधन गर्दै रास्वपा कार्यवाहक सभापति अर्यालले रास्वपा सरकार संञ्चालन गर्ने अवसर आएमा मुस्ताङले नदेखेको विकास गर्ने प्रथिवद्धवता जनाउनु भयो । यसका लागि रास्वपालाई जनताले एक पटक परीक्षणको रुपमा हेनुपर्ने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता