मुस्ताङमा पाँच पत्रकार सम्मानित

मुस्ताङ,१०, असार ।

हिमाली जिल्लामा मुस्ताङमा पाँच जना स्थानीय पत्रकार सम्मानित भएका छन् ।यहाँको घरपझोङ गाउँपालिकाद्वारा बुधबार आयोजित अठारौं गाउँ सभा अधिवेशनमा मुस्ताङ जिल्लाको समग्र पर्यटन प्रवद्र्धन कार्यमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै घरपझोङ गाउँपालिकाले उनीहरुलाई एकैसाथ नगद पन्ध्र पन्ध्र हजार पुरस्कार राशीसहित सम्मानित गरेको हो ।

 गाउँपालिकाद्वारा नगद पुरस्कारसहित सम्मानित हुने मध्ये राष्ट्रिय समाचार समिति (रासस) का मुस्ताङ संम्वाददाता सुन्दरकुमार थकाली र सुशिलबाबु थकाली रहेका छन् । यसैगरी हिमालपारीको आवाज साप्ताहिक पत्रिकाका सम्पादकभीमबहादुर रसाईली ,मुस्ताङ साप्ताहिक एवं नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईली र मोडिफिकेशन जोमसोमका पत्रकार निरज थकालीलाई घरपझोङ गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

पुरस्कृत एवं सम्मानित पत्रकारहरुलाई जिसस मुस्ताङका प्रमुख माया गुरुङ,गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीयअधिकृत भिम कुमार बस्नेतले संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास संज्यालले जानकारी दिनुभयो । उनीहरुलाई जिल्लाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याए वापत गाउँपालिकाले पुरस्कारसहित सम्मान गरेको गाउँपालिकाका सूचना अधिकारी संज्यालको भनाई छ ।

 यसैगरी गाउँपालिकाको अठारौ गाउँसभा अधिवेशनमा पत्रकारसहित विभिन्न क्षेत्रमा आवद्ध उत्कृष्ठ संघसंस्था र व्यक्तिहरुलाई घरपझोङ गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाले सामाजिक क्षेत्रमा योगदान पु¥याए वापत पुथाङ आमा समुह,जोमसोम महिला समुह,मिलिजुली टोल विकास संस्था जोमसोम र  घरपझोङ—५ ठिनी आमा समुहलाई नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा उत्कृष्ठ शिक्षकका रुपमा छैरो आधारभुत विद्यालयका शिक्षक  देवराज पाण्डेलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ भने सामुदायिक विद्यालयतर्फ उत्कृष्ट वातावरणीय सरसफाईमा योगदान गरेवापत जनवाल माध्यममिक विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ  ।

 स्वास्थ्यतर्फ  घरपझोङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कर्णबहादुर थकाली र मार्फा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुनिता पुनलाई पनि अठारौं गाउँसभा अधिवेशनमा नगद पुरस्कारसहित सम्मान गरेको गाउँपालिकाका सूचना अधिकारी संज्यालले बताउँनुभयो । स्वास्थ्यतर्फ उत्कृष्ठ महिला स्वास्थ्य स्वयंसेविक मैना कुमारी गुरुङ,,धार्मिक तथा सांस्कृतिक क्षेत्रको उत्कृष्ठ सरसफाईतर्फ मार्फा गुम्बाका लामा कर्मा हिराचन र स्थानीय  उत्कृष्ठ उद्यमीतर्फ तिलबहादुर बिक लगायतलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

घरपझोङ गाउँपालिकाले वडा तथा स्वास्थ्य संस्थातर्फ उत्कृष्ठ कार्यसम्पादन गरेवापत कार्यालय सहयोगी सुनिल परियार र गाउँपालिका कार्यालयमा कार्यरत उत्कृष्ठ कार्यालय सहयोगी विन्दु परियार नगद पुरस्कारसहित सम्मान भएका छन् ।गाउँपालिकाको उत्कृष्ठ वडासचिवको रुपमा कार्यसम्पादन गर्ने वडा २ मार्फाका वडासचिव पाराश्वर सापकोटा नगद पुरस्कारसहित सम्मान भएका छन् ।

 गाउँपालिकाले उत्कृष्ठ कर्मचारीको रुपमा दुईजनालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुनेमा निकै लामो समयदेखि गाउँपालिका कार्यालयमा कार्यरत रहेका केदारसिंह थापा र राजश्व सहायक तथा एम आई एस अपरेटर सुस्मिता नेपालीलाई नगद पुरस्कारसहित गाउँसभा अधिवेशनमा सम्मान गरेको हो ।

 मुस्ताङमा पहिलो पटक दुई दर्जन बढी विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र संघसंस्थाहरुलाई घरपझोङ गाउँपालिकाले पुरस्कृतिसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।


प्रतिक्रिया