जलवायु संकट > हिउँ नपर्दा किसानलाई चिन्ता
सुन्दरकुमार थकाली
जोमसोम— हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनको असर प्रत्यक्ष ÷परोक्ष रुपमा देखिन थालेको छ । यसैका कारण अनुकुल मौसममा समेत हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित छन् । विगत वर्षहरुमा कार्तिक महिनामै हिउँ पथ्र्यो । तर यसवर्ष माघको पहिलो साता कट्दा समेत मुस्ताङमा हिउँ पर्ने छनक देखिन्न।
हिमाली क्षेत्रमा हिउँदयाममा हिउँ पर्नु प्राकृतिक बरदान मानिन्छ, तर अनुकुल समय घर्किन लाग्दा समेत योसिजन हिउँ नपर्दा मुस्ताङका किसान आश्चार्यचकित परेका हुन् । स्याउ लगायत हिउँदेबाली व्यवस्थापनकार्य अन्तिम चरणमा पुगिसक्दा समेत मुस्ताङमा हिउँ पर्न सकिरहेको छैन । हिउँदयाममा परेको हिउँले शीतोष्ण फलफूल तथा तरकारी बालीलाई फाईदा पुग्ने भएकाले मुस्ताङका किसान हिउँको पर्खाईमा छन् । अनुकुल मौसममा हिउँ नपरी बेमौसममा हिउँ परेमा स्याउ लगायतका अन्नबाली नष्ट हुने र उत्पादन घट्ने चिन्ता मुस्ताङका किसानलाई छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले हिउँदयामको मौसममा परेको हिउँले किसानले लगाएको अन्नबाली सप्रिने बताए । ‘विगतमा कार्तिकमै हिउँ पथ्र्यो, यसवर्ष माघको पहिलो साता बित्यो अझै पर्ने छनक छैन,’केन्द्र प्रमुख गुरुङले थपे,‘ अनुकुल मौसमको हिउँले जमिनको उर्वराशक्ति वृद्धि गर्ने र अन्नबालीमा लाग्ने रोगकिरा नियन्त्रणमा समेत टेवा पुग्छ, हिउँकै कारण किसानले लगाएको अन्नबाली उत्पादन तथा गुणस्तरमा राम्रो हुने थियो ।’ उनले बेमौसममा हिमपात भएमा शीतोष्ण फलफूलहरुको फूल झर्ने र उत्पादन घट्ने बताए ।
जोमसोमका किसान अजित थकालीले जलवायु परिवर्तनका कारण अनुकुल समयमा हिउँ पर्न छाडेको बताए । ‘ १० वर्ष अघि र अहिलेको अवस्थामा मौसममा निकै धेरै फेरबदल भइईरहेको छ,’उनले भने, तापक्रम बढ्दो छ ,उत्पादन घट्दो छ । यसले दीर्घकालिन रुपमा यहाँको स्याउ खेती प्रचलन तापमान वृद्धिका कारण विस्थापित हुने भय छ ।’ उनले माघ महिनामा कम्तिमा ३,४ पटक सम्म भारी हिमपात हुनु पर्ने थियो ,तर यसवर्ष हिउँको अनुभव गर्न पाईएको छैन ।

त्यसो त गत पुस महिनामा २ पटकसम्म मुस्ताङको मुक्तिनाथ क्षेत्र आसपास आशिंक छिटफुट मात्रै हिउँ परेको थियो । त्यसबेला मुक्तिनाथ क्षेत्रमा नगण्य हिउँ परेपनि मुस्ताङका अन्य स्थानमा हिउँ पर्न सकेन । अनुकुल समयमा समेत हिउँ नपरेपछि मुस्ताङका डाँडाकाढा फुस्रा र नांगा देखिएका छन् । हिउँले सेताम्मे हुने हिमालको सौन्दर्यमा खासै चमक आउन सकेको छैन । विगतमा मुस्ताङको तल्लो क्षेत्र घाँसादेखि उपल्लो मुस्ताङको कोरलानाकासम्मै हिउँदयाममा दुई फिट भन्दा बढी बाक्लो हिउँ पर्ने गथ्र्यो । हिउँले स्थानीय नागरिकको जिवन केही असहज हुने भएपनि हिउँले कृषि र स्नो टुरिजममा भने निकै ठुलो योगदान दिन्थ्यो ।
मुस्ताङमा जारी सिजन हिउँ नपर्दा मुस्ताङका डाँडाकाँढा फुस्रो र नांगा छन् । विगतमा यस समयमा मुस्ताङका डाँडाकाँढा हिउँले पुरै सेताम्मे हुन्थे । हिउँसंगै मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक हिउँसंगै रमाउथे । अनुकुल समयमा हिउँ नपर्दा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्तरको स्की प्रतियोगिता समेत आयोजना हुन नसकेको मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले जानकारी दिए । उनले हिउँ नपर्दा लगातार २ संस्करण स्की प्रतियोगिता हुन नसकेको र यसपटक पनि हिउँ नपरेका प्रतियोगिता आयोजना हुने हो वा नहुने फिक्स हुन नसक्ेका्े बताए । मुक्तिनाथमा नेपाल स्की संघले बर्सेनी राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्ने गरेमा उनको भनाई छ ।
हिमाली क्षेत्रमा राम्ररी हिउँ पर्न छोडेको,वर्षाले कमलो पहाड बगाउन थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले् फेसबुकमा लेखेका छन् । जलवायु परिवर्तनका कारण मौसमी तापमान वृद्धिसंगै मुस्ताङको स्याउ खेतीले बसाई सार्दै उकालो उक्लिने क्रममा रहेको प्रति चिन्ता व्यक्त मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले जलवायु परिवर्तनको गम्भिर नकारात्मक असर न्यूनिकरण गर्न विश्वव्यापी अभियानमा सक्रिय नेतृत्व गर्नुपर्नेमा जोड दिए । प्रजिअ थापाले यसवर्ष अनुकुल समय घर्किन लाग्दा समेत हिउँ नपरेको उल्लेख गर्दै जोमसोम स्थित कालिगण्डकी तटीय क्षेत्र र मुक्तिनाथ क्षेत्रको २ वटा हिउँ विहिन तस्विर फेसबुकमा साझा गरेका छन् ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली