एक वर्षअघि स्थापना भई बेकाम बनेको कोरलानाकामा रहेको अध्यागमन कार्यालय स्थानीय जनप्रतिनिधिहरुको पहलमा शुक्रबारदेखि सेवा संञ्चालनमा ल्याईएको छ । नेपाल—चीन कोरलानाका २०८० कार्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकहरुका लागि बाह्रै महिना खुल्ला गरिएपछि नेपाल सरकार अध्यागमन विभागले कोरलानाकामा वि.स. २०८१ कार्तिक १४ गते अध्यामगन कार्यालय स्थापना गरिएको थियो ।
विभागले अध्यागमन कार्यालय स्थापना गरेको केही महिनापछि कार्यालयको सेवा संञ्चालन गर्न कर्मचारी दरबन्दी सृजना गरेको थियो । तर, कोरलानाकामा अध्यागमन कार्यालयको सेवा संञ्चालन हुन सकिरहेको थिएन ।
कोरला स्थित अध्यागन कार्यालयका प्रमुख प्रबेश बडुवालले कार्तिक २१ गते (आजै) बिहिबारबाट अध्यागनको सेवा औपचारिक रुपमा संञ्चालनमा आएको जानकारी दिनुभयो । यहाँको अध्यागमन कार्यालयबाट कोरलानाका हुँदै लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १३ जना जनप्रतिनिधि मण्डल एक साता भ्रमणका लागि ल्हासा प्रस्थान गरेको कार्यालय प्रमुख बडुवालले बताउँनुभयो । चिनियाँ राजदुतावासबाट नोभेम्बर ६ देखि डिसेम्बर १० तारिखसम्मको भिसा लिएर आएपछि कोरला स्थित अध्यागन कार्यालयले डिपाचर अनुमति प्रदान गरेको कार्यालय प्रमुख बडुवालले बताउनुभयो । यहाँ अध्यागनबाट सेवा संञ्चालनमा आएसंगै पहिलो पटक लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङसहित ६ जना जनप्रतिनि टोली र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट उपाध्यक्ष छिरिङ ल्हामो गुरुङसहित ७ जना जनप्रतिनिधि टोली कोरलानाका हुँदै चिनको ल्हासा प्रस्थान गरेको कार्यालय प्रमुख बडुवालको भनाई छ ।
यहाको अध्यागन कार्यालयले आजैबाट सेवा संञ्चालनमा आईसकेकाले नेपालीहरुले कुन प्रयोजनका लागि प्रस्थान गर्ने हो त्यसको विस्तृत विवरण खुलाइएको चाईनिज दुतावासबाट भिसा स्वीकृत गरेको र पार्सपोर्टको अवधि ६ महिना अवधि बाँकी रहेको भएमा कार्यालयले डिपाचर छापसहित कोरलानाकाबाट चिन प्रस्थान गर्न अनुमति प्रदान गरिने कार्यालयले जनाएको छ ।
यसैगरी यहाँको अध्यागमन कार्यालयले चीनबाट कोरलानाका हुँदै कोरला स्थित चाईनिज ईमिग्रेसनको अनुमति लिएर आउने चिनियाँ वा अन्य विदेशी नागरिकहरुका लागि १५० दिनको अनअराईबल निःशुल्क भिसा कार्यालयले प्रदान गरिने कार्यालय प्रमुख बडुवालले बताउँनुभयो । कार्यालय प्रमुख बडुवालले उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषित गरेकाले ५०० डलर प्रवेशआज्ञा शुल्क बुझाउनु पर्ने भएकाले केही प्राविधिक समस्याहरु रहेको देखिन्छ । चिनबाट कोरलानाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरुले अध्यागन विभागले तोकेको शुल्क बुझाएमा उनीहरुका लागि कार्यालय निःशुल्क भिसा उपलब्ध गराउने बताउँनुभयो ।
यहाँको अध्यागमन कार्यालयबाट डिपाचर लिएर लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङको नेतृत्वमा १३ जनाको टोली एक साताका लागि चिनको ल्हासा र कैलाश पर्वत पुग्ने पर्यटन मार्गको प्रर्वद्धनका लागि प्रस्थान गरेको लोमान्थाङ गाउँपालिकाले बताएको छ ।
लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाका हुँदै यसप्रकारको पहलले लोमान्थाङ र सम्पूर्ण हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धन,सांस्कृतिक सम्वन्ध र आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्य रहेको बताउँनुभयो । अध्यक्ष गुरुङले चिनको ल्हासा र धार्मिक गन्तब्य मान कैलाससम्मको पर्यटन प्रर्वद्धनका लागि आफुहरुको भ्रमण व्यक्तिगत खर्चबाट भएको बताउँनुभयो ।
यहाँको कोरलानाका स्थित अध्यागन कार्यालय स्थापना तत्कालिन गृह मन्त्री रमेश लेखकले कोरला पुगेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । भन्सार विभागले यहाँको कोरलानाकालाई गत भदौ ३१ गते पूर्ण रुपमा संञ्चालनमा ल्याएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली