कागबेनी यार्तुङ महोत्सवको डोरी तान्ने खेलमा तिरी आमा समुह प्रथम

जोमसोम— शनिबार सम्पन्न छैठौं संस्करणको कागबेनी यार्तुङ महोत्सवको डोरी तान्ने खेल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—४ तिरी प्रथम भएको छ । वारागुङ मुक्तिक्षेत्र अन्र्तगत ५ वटै वडाहरुको  कुल १० टिम मध्ये फाईनलमा  ताङ्बे आमा समुहलाई हराउँदै प्रथम भएको हो ।

 यसैगरी डारी तान्ने प्रतियोगितामा ताङ्बे आमा समुह दोश्रो स्थान र जनशान्ति मावि कागबेनीले तेश्रो स्थान हासिल ग¥यो । डोरी तान्ने खेलको प्रथम,दोश्रो र तेश्रो हुने टिमले क्रमशः नगद १५,१० र ५ हजार पुरस्कारसहित प्रमाणपत्र पाएका छन् ।


 वारागुङ मुक्तिक्षेत्र—४ र कागबेनी गाउँको संयुक्त आयोजनामा छैठौं संस्करणको यार्तुङ महोत्सव २०८१ शनिबार साँझ कागबेनीमा सम्पन्न भएको छ । यार्तुङ महोत्सवको प्रत्यक्ष प्रशारण तथा समाचार संम्प्रेषणको जिम्मा ई मुस्ताङ न्युज डटकमले पाएको थियो ।


प्रतिक्रिया