चालु आ.व. २०८२÷०८३ को दश महिना अवधिमा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु वर्षको साउनदेखि बैशाख महिनासम्म आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
चालु आ.व.को साउनदेखि बैशाख महिनासम्म चार लाख २० हजार ८६ आन्तरिक पर्यटक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
यसवर्ष आन्तरिकतर्फ पुरुष दुई लाख १९ हजार ८१७ र महिला २ लाख २६९ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी बाह्यतर्फ पुरुष नब्बे हजार ९५७ जना र महिला बैसठ्ठी हजार ८९० जना पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चेक पोस्टमा ईन्ट्री भएको प्रहरी तथ्यांक अनुसार चालु वर्षको साउनमा उन्नाईस हजार ७९१,भदौमा तेईस हजार २०५, असोजमा पचहत्तर हजार ५९९, कार्तिकमा त्रियासी हजार ७६६,मंसिरमा उनन्पचास हजार ५० र पुसमा उनन्चालिस हजार १५३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
यसैगरी माघमा बत्तिस हजार ४,फागुनमा सतचालिस हजार ३०४, चैत्रमा अन्ठानब्बे हजार ६१२ र बैशाख महिनामा एक लाख ५ हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु वर्षको साउनदेखि बैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै एक लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
बशन्तऋतुको आगमनसंगै अनुकुल पर्यटकीय यामको चैत्र र बैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका हुन । यसैगरी हिउँदयाम अघिको असोज र कार्तिक महिनामा पनि उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्यांकले देखाएको छ । बर्खायामको सुरुवाती समयको अनुकुल याममा मुस्ताङ भ्रमण गर्नेको लर्को लागेको हो ।
अनुकुल यामको मौका छोपेर उल्लेख्य संख्यामा भारतीय पर्यटक र नेपाली पर्यटकहरु मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेको पाईएको छ । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये ८० प्रतिशत बढी भारतीय पर्यटकहरुनै हुने गरेको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
गत आर्थिक वर्षमा हिमाली जिल्ला मुस्ताङमा कुल सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । गतवर्ष भित्रिएका पर्यटक मध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।
चालु वर्षको भदौ महिनामा जेनजी युवाहरुको आन्दोलन र अमेरिका—ईजराईल र ईरानबीचको मध्यपूर्वको द्धन्दका कारण मुस्ताङको पर्यटनमा समेत आशिंक असर पुगेको देखिएको छ । बर्सेनि बढ्दो क्रममा रहेको मुस्ताङ पर्यटन संख्या गतवर्षको पर्यटकीय लक्ष्य पुरा हुने देखिएको भएपनि पर्यटक अनुपात बढ्न नसक्ने आँकलन गरिएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटकहरु मुस्ताङ आउने गर्छन । यसका अलावा कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरलानाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो ।
यहाँको पृथक प्रकारको भूगोल,जैविक विविधता,प्राचिक कलासंस्कृति,रहनसहन, हिमाली सौन्दर्यता र यहाको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आर्कषण बढ्दो रहेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली