ढुंगा र माटोको सहर लोमान्थाङ क्षेत्रमा भूकम्पको बदलाप

नेपाल—चीन उत्तरी कोरलानाका सीमानसंगै जोडिएको उपल्लो मुस्ताङको सदिंयौ वर्ष पुरानो प्राचिन वस्ती हो लोमान्थाङ र आसपासका क्षेत्र । लोमान्थाङ गाउँपालिका भित्र पाँच वटा वडाहरु पर्छन ।पर्खालले घेरिएको माटोको सहर लोमान्थाङसंगै अन्य वडाहरु पनि माटोकै सहर भन्दा कम छैनन् ।   

वर्षौवर्षदेखि प्रकृतिले हल्लाउन नसकेको लोमान्थाङ गाउँपालिका भित्रका पुराना ढुंगा र माटोले एक आपसमा जोडिएका घरहरु भदौ २३ गते मंगलबार रातिको भूकम्पले भने बदलाप ल्याईदियो । सायद लोमान्थाङ गाउँपालिका स्थानीय नागरिकहरुले यसरी भूकम्प आउला र घरै छियाँछिया पारिदेला भने । तर, सदिंयौै वर्षदेखि हिमपात,हावापानी  थेग्दै आईरहेका सीमावर्ती गाउँका पुरानाहरु एकाएक जोखिमा परे ,केही घरहरु भूकम्पको धक्काले ढल्न पुगे ।

 मंगलबारको त्यो रात थियो, जतिबेला घडीमा १० बज्दै थियो । मुस्ताङीका सामाजिक सञ्जालका वालहरुमा भूकम्प गएको सूचना प्रवाहित भईसकेको थियो । धरैले भनिरहेका थिए ‘हल्लायो, हल्लायो, गज्जवले हल्यायो’

 त्यही मेला लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लेखेका थिए ‘भूकम्प गईरहेको छ, सुरक्षित रहनु होला’

गाउँपालिका अध्यक्ष गुरुङले जस्तै उपाध्यक्ष छ्युमी बिष्टले भूकम्पबाट सुरक्षित रहँदै बाहिर बसिरहेको भिडियो साँझा गर्दै लेखेकी थिईन ‘ओहो भगवान कति ठुलो भूकम्प आएको हो, सातो गयो ’ यस्तै, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जस्तै अन्य धेरैले लेखिरहेका थिए । भूकम्प गयो, सुरक्षित रहनु होला ।’

त्यो रात लोमान्थाङ गाउँपालिका केन्द्र विन्दु बनाएर लगातार नौ पटकसम्म भूकम्प गएको रहेछ । पहिलो पटकको पाँच दशलव ३ म्याग्नेच्ुडको होस हवास उडेका लोमान्थाङ गाउँपालिका नागरिकहरु त्यसपछि फेरी  पनि भूकम्प आउछकी भन्दै सुरक्षित स्थानका लागि घर बाहिर निस्के । भदौ २३ गतेको त्यो राँत सीमावर्तीका स्थानीयका लागि बदलाप पूर्ण रात बन्यो । भूकम्पको जोखिमले रातभर पुरै जाग्राम बसे ।  नभन्दै लगातारको भूकम्पको पराकम्पनले लोमान्थाङका पुराना ढुंगा र माटोका घरहरुलाई मात्रै हल्लाएन  घरमा बस्ने स्थानीयको समेत सातोपत्लो उडायो । लोमान्थाङका अध्यक्षले बिहान एक पोस्ट साँझा गर्दै लेखेका थिए भदौ २५ गतेको बिहान ५ बजेसम्म भूकम्पको धक्का महशुस भयो ।

 लोमान्थाङ क्षेत्रलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पको असरले अन्य पालिकालाई भने खासै त्यस्तो असर परेन । लोमान्थाङमा गएको भूकम्पलाई पनि स्थानीय प्रशासन,प्रहरी र पालिका लगायतले खासै ठुलो क्षति नपुगेको अनुमान लगाएका थिए । तर, यो अनुमान केवल अनुमानमा सीमित रह्यो । वास्तविक रुपमा भूकम्पले लोमान्थाङका पाँचै वडाहरुमा नसोचेको क्षति तुल्याएको रहेछ ।

 लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधी,कर्मचारी,वडा तह,प्रहरी ,सशस्त्र प्रहरी ,एक्याप   लगायतको पहलमा भूकम्पले कहा कहाँ असर पु¥याएको रहेछ भन्ने प्रारम्भिक अनुसन्धान सुरु ग¥यो । बुधबारदेखि सुरु गरिएको भूकम्पले लोमान्थाङको पाँचै वडामा नराम्ररी क्षति पुगेको देखियो । भूकम्पको क्षति विवरण संकलन तथा अनुगमनमा जुटेका अध्यक्ष टसीनर्बु गुरुङले गाउँपालिका भित्रका ढुंगा र माटोले बनेका अधिकाँश घरहरुमा क्षति पुगेको बताउँनुभयो । अध्यक्ष गुरुङले बिहिबारसम्मको प्रारम्भिक विवरण हेर्दा करिव ३० देखि ४० घरहरु पूर्ण क्षति भई भत्किएको जानकारी दिनुभयो ।

 माटोले बनेका पुराना घरहरुमा भूकम्पको धक्काले क्षति पु¥याएपछि कतै उपल्लो मुस्ताङको सांस्कृतिक सम्पदानै लोप हुने होकी भन्ने चिन्ता थपिएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । भूकम्पको धक्काले अधकल्चो बनेका घरहरु पून फेरी भत्किएर मानवीय जोखिम हुने पो होकी भन्ने डर कायमै छ । भूकम्पले क्षति विक्षेत बनेका घरहरुका परिवारहरु भने यतिखेर त्रिपाल टाँगेर राँत बिताउने गरेका छन् । प्रहरी र सशस्त्र प्रहरीहरुले भूकम्पले भत्किएका घरहरुको संरचना हटाउने तथा  घरबार विहिन भएका नागरिकहरुलाई अन्यत्र स्थान्तरण गर्ने काम गरिरहेको छ । भूकम्पले उपल्लो मुस्ताङका परम्परागत घरहरु भत्किने,चर्किने गरिएपछि त्यहाँको सदिंयौ वर्ष पुरानो प्राचिन संस्कृति संकटमा पर्न थालेको छ । लोमान्थाङका अध्यक्ष गुरुङले भूकम्पले सयौं घरहरुमा असर पुगेको दावी गर्नुभएको छ ।

 यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले उपल्लो मुस्ताङमा भूकम्पले पु¥याएको क्षति विवरण पूर्ण रुपमा संकलन भैनसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिवारीले भूकम्पको क्षति विवरण लोमान्थाङ गाउँपालिकामा रहेका तीन वटा प्रहरी युनिटले काम गरिहेको बताउँनुभयो । बुधबार सम्मको प्राप्त तथ्यांकमा कुल एक सय ३७ घरहरुमा भूकम्पले क्षति पुगेको उहाँको भनाई छ ।

प्रहरीको रेकर्डमा भूकम्पले लोमान्थाङ गाउँपालिकाका पाँच वडाहरुमा गरी ५१ घर सामान्य, ८१ घर मध्यम र ५ घर पूर्ण क्षति भएको जनाईएको छ । प्रहरी नायव उपरीक्षक तिवारीका अनुसार भूकम्पलाई सामान्य रुपमा हेरिएको भएपनि अनपेक्षित रुपमा पुराना घरहरुमा क्षति भएको देखिएको । क्षति विवरण संकलन गर्न बाँकी रहेकाले योसंगै थप बढ्न सक्ने उहाँको भनाई छ ।


प्रतिक्रिया