भूकम्पपछि शिक्षक, विद्यार्थी र स्थानीय त्रिपाल मुनि बाँस

 गत भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय तथा शिक्षक र विद्यार्थीहरु त्रिपालमुनि राँत कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्र विन्दु भएर गएको पाँच दशलव ३ म्याग्नेच्ुडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएर धुजा परेका छन् । लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावास भवन तथा शिक्षक आवास भवन भूकम्पले चर्किएर बस्नै नमिल्ने गरी क्षति पुगेका छ ।

लोमान्थाङ गाउँपालिका लोमान्थाङमा भूकम्पले सामान्य क्षति पु¥याएपनि उक्त पालिकाको अन्य चार वडाहरुमा स्थानीयका अधिकाँश घरहरु बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण क्षति भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले भदौ २३ गते रातिको भूकम्पले आफ्ना पालिकामा स्थानीयको ढुंगा र माटोले निर्मित ८० प्रतिशत घरहरुमा क्षति पुगेको बताउँनुभयो । भूकम्पले अधिकाँश घरहरु चर्किर धुजा फाँटेर जोखिम निम्याएको छ भने करिव ५०÷६० घरहरु बस्नै नमिल्ने गरी चर्किएर क्षति पुगेको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

 अध्यक्ष गुरुङले भदौ २३ को भूकम्पपछि पनि पटकपटक पराकम्पनको असर परिरहेको जनाउँनुभयो । भूकम्पले स्थानीयका घर र विद्यालय चकिएर धुजा परेपछि थप मानवीय जोखिम उत्पन्न भएको उहाँको भनाई छ । जोखिम अझै कायम रहेकाले क्षति भएका घरका स्थानीयबासी तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु खुल्लाचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको जानकारी दिनुभयो ।

 भूकम्प प्रभावित स्थानीय र विद्यालयका लागि वैकल्पिक रुपमा स्थानीय स्तरबाटै जेनतेन व्यवस्था मिलाईएको र गाउँपालिका पनि त्रिपाल खरिद गर्ने प्रक्रियामा रहेको बताउँनुभयो । गाउँपालिकाले भूकम्पको क्षति लगत संकलन गर्दै गरेकाले पूर्ण क्षति विवरण आउन केही समय लाग्ने जनाईएको छ ।

भूकम्पले सबैभन्दा क्षति लोमान्थाङ—३ फुवा गाउँमा परेको छ । फुवामा करिव पाँच बढी घर बस्न नमिल्ने गरी पूर्ण क्षति भएको छ । अन्य वडाहरुमा पनि भूकम्पको असरले अधिकाँश घरहरु चकिएर धुजा परेको पाईएको छ । लोमान्था केन्द्र विन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रका नागरिकहरु विचल्लीमा परेका छन् । हेर्दा सग्लो जस्तो देखिएपनि भूकम्पले चकिएका घरहरु साविककै अवस्थामा बस्न नमिल्ने गरी जोखिम बढाएको छ ।

भूकम्पपछि त्रिपालमूनि रात कटाउँन बाध्य स्थानीय नागरिकहरुले आफुले दुख गरेर बनाएर ओत लाग्ने घरहरु धुजा परेर फाँटेपछि बस्ने ठाउँ गुमेको बताउँछन् । भूकम्प प्रभावित नागरिकहरुले सरकारले भूकम्प पीडितहरुको लागि पुनस्र्थापना तथा पूननिर्माणमा सहयोग पाउँने अपेक्षा गरेका छन् । 

यसैगरी भदौ २३ गते रातिको भूकम्पले विद्यालयको छात्रावास भवन,शिक्षक आवास भवन र स्टोर भवन चकिएर पूर्ण रुपमा बस्न नमिल्ने गरी क्षति पुगेको दिव्यदीप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेस कुमार त्रिपाटीले जानकारी दिनुभयो । विद्यालयको दुई तले  ३४ कोठे ढुंगा र माटोले बनेका छात्रावास भवनको अधिकाश भाग चर्किएर धुजा परेको उहाँले उल्लेख गर्नुभयो । 

८४ जना विद्यार्थी रहेको उक्त विद्यालयमा भूकम्पपछि विद्यार्थी र शिक्षकहरु कक्षा कोठा र त्रिपालमुनि रात बिताउँन बाध्य परेको प्रधानाध्यापक त्रिपाटीले जानकारी दिनुभयो । भूकम्पले शिक्षक तथा विद्यार्थीको आवास भवन क्षति भएपछि नियमित शैक्षिक पठन÷पाठनमा समस्या परिरहेको उहाँले जनाउँनुभयो ।

भदौ २३ गते राति गएको भूकम्पपछि लोमान्थाङ गाउँपालिकासहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र एक्याप लोमान्थाङ लगायतको टोलीले क्षति विवरण संकलन गरिहेको छ । प्रभावित क्षेत्रका नागरिक तथा विद्यालयको पूनस्र्थापना तथा अन्य सहयोगका लागि सुरक्षाकर्मी लगायतको टोलीले भौतिक सहयोग पु¥याएको थियो । भूकम्पले लोमान्थाङमा रहेको छोदे गुम्बाको पर्खाल भत्किएको छ भने ऐतिहाँसिक लोमान्थाङ दरबार समेच चर्किएको बताईएको छ ।

शुक्रबार जिल्ला समन्वय समिति मुस्ताङको एक टोलीले भूकम्प प्रभावित लोमान्थाङ गाउँपालिकाको स्थलगत निरीक्षण तथा क्षति विवरण संकलन गरेको छ । जिसस प्रमुख माया गुरुङ, समन्वय अधिकारी घनश्याम सुवेदी,ईन्जिनीयर डबल तामाङ लगायतको टोली भूकम्प प्रभावित गाउँहरुमा पुगेर स्थानीयको समस्या बुझने प्रयास गरिएको छ । लोमान्थाङमा फेरी पनि भूकम्प आउने डरले स्थानीयहरु त्रासमा बाँचिरहेका छन् ।



प्रतिक्रिया