मुस्ताङमा लागू औषध दुरुपयोग तथा आोसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस बुधबार समापन भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा मुस्ताङको घरपझोङ गा.पा. को कार्यालय अगाडीबाट दिवस समापनको प्रभातफेरी तथा ¥याली सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको नेतृत्वमा प्ले कार्ड, ब्यानर र जिङगल सहित प्रभातफेरी तथा ¥यालीसहित जोमसोम बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको हलमा समापन सभा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पन्थको अध्यक्षतामा जिल्ला स्थित सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु, स्थानीय समुदाय गरी सय जनाको उपस्थिती रहेको थियो । सभामा लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्दको अन्तराष्टिय दिवशको समिक्षा गरिएको थियो ।
कार्यक्रममा घरापझोङ गा पा का प्रमुख प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी र जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन डा. तेजेश नेपाल लगायतले बोलेका थिए ।
सो कार्यक्रमको संचालन तथा कार्यक्रमको उपादेयता बारेमा स्पष्ट पार्ने काम जिल्ला कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले गर्नुभएको थियो ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली