जोमसोम— मुस्ताङमा एक वर्ष अवधिमा १६ लाख १४ हजार ट्राफिक राजश्व संकलन भएको छ । विसं २०८१ सालको साउनदेखि चैत मसान्तसम्ममा १ हजार ३०९ वटा सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ईञ्चार्ज भुवन क्षेत्रीका अनुसार मुस्ताङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई प्रचलित कानुन बमोजिम ट्राफिक जरिवाना लिएर कारवाहीको दायरामा ल्याउने कार्य भएको बताउँनुभयो । ईञ्चार्ज क्षेत्रीका अनुसार मुस्ताङमा एक वर्षका अवधिमा मुस्ताङ भित्रिएका सवारी मध्ये ७१ वटा ट्रक÷टिपरलाई कारवाही गर्दा ५ हजार पाँच सय, ८५ वटा बसलाई कारवाही गर्दा ७ हजार छ सय, ९ सय एक्काईस कारजीपलाई कारवाही गर्दा ११ लाख ९२ हजार पाँच सय, ४० वटा ट्याक्टरलाई कारवाही गर्दा ३ हजार ट सय र २ सय उन्नितस वटा सवारी साधनलाई कारवाही गर्दा २ लाख ५१ हजार रुपैया ट्राफिक राजश्व संकलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले ट्राफिक नियम उलङ्घन गरी सवारी चलाउने चालक, मापसे सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने चालक, हेलमेट नलगाउने, प्रयोजन विपरीत सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने र आवश्यक कागजात नलिई सवारी चलाउनेबाट राजस्व संकलन गर्ने गरिएको ट्राफिक इन्चार्ज भुवन क्षेत्रीले बताउँनुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्याल मुस्ताङ अन्तर्गत जिल्ला ट्राफिक कार्यालय मुस्ताङले सवारी चालक तथा यात्रु लक्षित कार्यक्रम सञ्चालन गर्दैआईरहेको छ । कार्यालयले चेतनामूलक माईकिङ, चालक÷ यात्रुमैत्री कक्ष÷ ओभरटेक सम्वन्धि, पर्चा÷पम्प्लेट तथा पोस्टर वितरण लगायतका कार्यहरु गर्दैआईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता