मुस्ताङ प्रहरीलाई दुई थान उपकरण हस्तान्तरण

 

जोमसोम— सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले दुई थान उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण गरेको छ । आयोजना प्रमुख ध्रुवकुमार झाले  मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) बिष्णुप्रसाद भुसालको उपस्थितीमा सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख डिएसपी सूर्यबहादुर बोगटीलाई सडक दुर्घटना न्यूनिकरणमा प्रयोग हुने दुई थान उपकरण हस्तान्तरण गरिएको हो ।

 बेनी—जोमसोम—कोरला सडक आयोजनाबाट गति मापन (स्पीड रडार) तथा मापासे टेस्ट गर्ने  दुई थान उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण भएको मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी  सूर्यबहादुर बोगटीले जानकारी दिए । आयोजना प्रमुख ध्रुव झा मार्फत  उपकरण प्राप्त भएको डिएसपी बोगटीको भनाई छ ।

यसअघि राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला )सडक आयोजनाले मुक्तिनाथ जाने भक्तजनको सहजताका लागि  आर्थिक वर्ष २०७५÷०७६ मा रेलिङ सहितको सिंढी बाटो निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट मुक्तिनाथको तल्लो गेटदेखि उपल्लो गेटसम्मको  दुरीमा दुई लेनको सिंढी बाटो निर्माण भएको थियो । आयोजनाले उत्तर÷दक्षिण ब्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कोरला पहुँचमार्ग निर्माणसंगै सामाजिक तथा सृजनात्मक कार्यहरुमा समेत आर्थिक सहयोग पु¥याउँदै आईरहेको आयोजना प्रमुख झाले बताए ।

 मुस्ताङ प्रहरीले हिमालपारी यात्रा गर्ने सवारी साधन तथा यात्रुहरुका लागि सवारी चालकसंग १ मिनेट र यात्रुसंग २ मिनेटको अभियानमूलक कार्यक्रम सञ्चालन गर्दैआईरहेको छ । उक्त अभियानले सोमबार एक सय दिन पुरा गरेको छ । सवारी चालकसंग १ मिनेटमा सवारी दुर्र्घटना न्यूनिकरण सम्वन्धि र यात्रुसंगको २ मिनेट कार्यक्रममा यात्रुहरुलाई पर्चा पम्प्लेट वितरण गरी हाईअल्टिच्युड सम्वन्धि सचेतनामूलक कार्यक्रम नियमित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका ईञ्चार्ज भुवन क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया