मुस्ताङमा नालान्दाका परीक्षार्थीसहित शिक्षकले पनि एसईई परीक्षा दिंदै

तस्विरमा नालान्दाका विद्यार्थी र शिक्षक

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा परीक्षार्थीसहित एक शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई )दिईरहेका छन् । मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थित नालान्दा बुद्धिस्ट स्कुलका १३ जना परीक्षार्थीसहित त्यहाँको एक जना बुद्धिस्ट शिक्षक यसवर्षको एसईई परीक्षामा सहभागी भएका हुन् ।

बारा जिल्ला निजगढ घर भई विगत २ वर्षदेखि मुस्ताङको टुकुचे स्थित नालान्दा बुद्धिस्ट स्कुलमा बौद्ध भाषाको शिक्षामा अध्यापन गर्दैआईरहेका बुद्धिस्ट शिक्षक खेम्पो ङवाङ थाप्खे उर्फ बिनोद लामाले आफुले पढाईरहेका विद्यार्थीसंगै एसईई परीक्षा दिन जोमसोम आएका हुन् । उनले भारतको महेश्वर नम्डोलिङ गुम्बाबाटा बौद्ध शिक्षामा पीएचडीको गरिसकेका छन् । 

आफू बौद्ध धर्मप्रति समर्पित रहेको र आफ्नो लक्ष्य र जीवन यसैमा समाहित गरिसकेको भएपनि एसईई परीक्षामा आफुलाई आफ्नो योग्यता र शैक्षिक स्तरलाई मापन गर्न एसईई परीक्षा दिन बिद्यार्थीसंगै यहाँ आईपुगेको बताए । परीक्षाको पाँचौ दिन सम्पर्कमा आएका खेम्पो शिक्षाक लामाले एसईईलाई आफुले परीक्षणको रुपमा हेरेको बताए ।



प्रतिक्रिया