घरपझोङद्वारा भाडा वर्तन,लुगा र काष्ठकलाको काम गर्दै आईरहेका तीन भूँई मान्छेलाई सम्मान

मुस्ताङ,१६,असार ।

यहाँ स्थित घरपझोेङ गाउँपालिकामा भाडा वर्तन,लुगा र काष्ठकला सम्वन्धी काम गर्ने तीन जना साधारण भुई मान्छे श्रमिकलाई पुरस्कारसहित सम्मान गरिएको छ । साधारण जिवनशैली ,मेहनेती र ईमान्दार भई सदिंयौं वर्षदेखिको आफ्नो पूख्यौली पेशालाई संरक्षण गर्दै श्रम,पसिना  र दैनिक संघर्षबाट बाँचिरहेका तीन जना भुई मान्छे श्रमिकलाई घरपझोङ  पर्यटन काव्ययात्रा २०८३ को अवसरमा मंगलबार  नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

नगद पुरस्कारसहित सम्मानित हुनेमा घरपझोङ—१ चिमाङका साईला विक, घरपझोङ—३ स्याङका मनप्रसाद विक र घरपझोङ—४ जोमसोमकी श्रमिक कुमारी नेपालीले संयुक्त रुपमा नगद पुरस्कारसहित सम्मान अर्पण गरिएको हो । सम्मानित हुने तीनै जना दलित समुदायका हुनुहुन्छ ।

सम्मानित हुने तीन जना भूईमान्छेहरुको प्रतिष्ठालाई उच्चराख्दै सदिंयौ वर्षदेखिको परम्परागत पूख्यौली पेशालाई लोप हुुन नदिई संरक्षणमा योगदान पु¥याउने उद्देश्यले तीन दिने घरपझोङ काव्ययात्रा २०८३ को अवसरमा घरपझोङ गाउँपालिकाले जनही दश हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको घरपझोङ काव्ययात्रा २०८३ का कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिनुभयो । ।


 विगत ६ दशकदेखि बाबुबाजेले निरन्तर अंगाल्दै आईरहेको आरन व्यवसायलाई आत्मसाथ गर्दै पूख्यौली पेशालाई संरक्षण गरी योगदान पु¥याएवापत घरपझो—१ चिमाङका श्रमिक भुईमान्छे साईला विकलाई घरपझोङ गाउँपालिकाले सम्मान गरेको हो ।साईला विकले  पूख्यौली व्यवसायका रुपमा थकाली संस्कृतिका भाडा वर्तनहरु बनाउने काम गर्नुहुन्छ ।यस्ता भाडा वर्तनहरु थकाली समुदायले आफ्ना घरमा चिटिक्क सजाएर राख्ने प्रचलन छ भने विशेष पुजापाठ र शुभकार्यहरुमा थकाली संस्कृतिका भाडा वर्तनहरु प्रयोगमा आउँछन् ।

 घरपझोङ—३ स्याङका मनप्रसाद विक पनि विगत पाँच दशकदेखि पुर्खाहरुले अपनाउँदै आईरहेको काष्ठकला सम्वन्धी व्यवसाय गर्नुहुन्छ । थकाली संस्कृतिका काष्ठकलाहरु निर्माण गरी परिवार धान्दै आईरहेको विकलाई पूख्यौली पेशा व्यवसायलाई जोगाएर राख्न योगदान पु¥याएको भन्दै घरपझोङ गाउँपालिकाको काव्ययात्रा २०८३ को अवसरमा नगद पुरस्कारसहित सम्मान अर्पण गरेको हो ।

यसैगरी घरपझोङ—४ जोमसोमकी श्रमिक भुई मान्छे कुमारी विकलाई पनि सोही अवसरमा पुरस्कारसहित सम्मान गरिएको हो । लामो समयदेखि सिलाई कटाईको कामको माध्यमबाट पूख्यौली पेशा व्यवसाय संरक्षण गरेवापत उहाँलाई घरपझोङ गाउँपालिकाले पुरस्कार र सम्मान अर्पण गरेको हो ।


 जोमसोममा आयोजित घरपझोङ पर्यटन काव्ययात्रा २०८३ को समापन कार्यक्रममा सम्मानित तीनै जना श्रमिक भूई मान्छेहरुलाई नेपाली राष्ट्रिय गानका रचनाकार एवं सर्जक ब्याकुल माईला ,घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली थापामगरले पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिएको काव्ययात्रा २०८३ का संयोजक अमृत भाद गाउँलेले जानकारी दिनुभयो ।

 मुस्ताङको घरपझोङ गाउँपालिकाले काव्ययात्रा मार्फत पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले तीनदिने घरपझोङ पर्यटन काव्ययात्रा २०८३ आयोजना गरेको गरेको थियो ।कन्सेप्ट नेपालको संयोजनमा भएको पर्यटन काव्ययात्राका क्रममा विभिन्न जिल्लाहरुबाट मुस्ताङ आएका दिग्गज साहित्य सर्जकहरुले घरपझोङ गाउँपालिकाको पाँचै वडाहरुको अवलोकन यात्रा गर्नुभएको थियो ।

 घरपझोङ यात्रामा देखिएका ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक,प्राकृतिक र जैविक सम्पदाहरुको अवलोकन तथा स्थानीय नागरिकहरुसंग सम्वन्धित स्थानमा जानकारी लिईएको थियो । साहित्य सिर्जनाका माध्यमबाट घरपझोङ गाउँपालिकाको पर्यटन विकासमा योगदान पु¥याउने र गाउँपालिकाको विविध सम्पदाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पर्यटन काव्ययात्रा २०८३ संञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।


 काव्ययात्रामा राष्ट्रिय गानका सर्जक ब्याकुल माईलासहित करिव पन्ध्र भन्दा बढी साहित्य सर्जक मुस्ताङ आएका थिए । उनीहरुले यहाँको यात्रापछि साहित्य सिर्जना मार्फत घरपझोङको समृद्धि र विकासका पक्षमा कलम चलाउने अपेक्षा गरिएको उपाध्यक्ष जमुना थकालीले बताउँनुुभयो ।———

प्रतिक्रिया