मुक्तिनाथ परिसरमा बिच्छ्याईयो छप्पनी ढुंगा,भक्तजनलाई सहज

जोमसोम—

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित नौ लाख बजेटबाट त्यहाँको मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।

मुक्तिनाथ मन्दिर परिसरको साविकको संचरना नखल्बलिने गरी सामाजिक विकास कार्यालय मार्फत छप्पनी ढुंगा बिच्छ्याउने कार्य भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । 

मुक्तिनाथ परिसरमा छप्पनी ढुंगा बिच्छयाउनका लागि कोटेशन ठेक्का लगाईएको थियो । त्यहाँ मुक्तिनाथ मन्दिर परिसर,कुण्ड र १०८ धारातर्फ छप्पनी ढुंगा बिच्छ्याउन खिङ्गा कन्ट्रक्सनले जिम्मा पाएको थियो । कार्यालयको सीमित बजेट भएकाले पूर्ण रुपमा परिसर वरपरी छप्पनी ढुंगा बिच्छ्याउने कार्य सम्पन्न हुन नसकेको प्रा.लि.का प्रतिनिधि लाक्पाटसी गुरुङले बताउँनुभयो । उहाँले सामाजिक विकास कार्यालय मार्फत  तीन हजार १४० स्क्वायर फिट छप्पनी ढुंगा बिच्छ्याउने काम सम्पन्न भएको बताउँनुभयो ।

 मुक्तिनाथ मन्दिर परिसर क्षेत्रमा छप्पनी ढुंगा बिच्छ्याएर स्तरोन्नति गरिएपछि मुक्तिनाथ दर्शनार्थीहरुलाई निकै सहज तुल्याएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो ।‘ मुक्तिनाथ मन्दिर अगाडी र पछाडीको १०८ धारातर्फको परिसरको असजह थियो, पुराना ढुंगाहरु उप्किएका थिए,’ कर्मचारीले सुवेदीले थप्नुभयो,‘ अहिले परिसरको एउँटै लेवल मिलाएर नयाँ छप्पनी ढुंगा बिच्छ्याएको छ ।’’

 यसैगरी मुक्तिनाथ विकास समितिले मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थी भक्तजनको सुविधाका लागि २ सय लिटर क्षमताको शुद्ध तातोपानी पिउँन मिल्ने ईलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरिएको छ । समितिका अध्यक्ष एवं मुस्ताङका सिडियो विष्णुप्रसाद भुसालको पहलमा समितिले त्यहाँ बाह्रै महिना दर्शनार्थीलाई तातोपानी पिउँने व्यवस्था गरिएको समितिका कर्मचारी सुवेदीले जानकारी दिनुभयो । यसकार्यले मुक्तिनाथको उच्चस्थानमा दर्शन गर्न आउँने भक्तजनलाई लेंक लाग्ने सम्भावनालाई न्यूनिकरण गर्ने कर्मचारी सुवेदीले बताउँनुभयो । यस्तै, १०८ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण भएको छ ।

 मुक्तिनाथ मन्दिरमा बर्सेनि सात लाख भन्दा बढी आन्तरिक तथा बाह्य देशका दर्शनार्थी पर्यटक आउने गर्छन ।  मन्दिर परिसरमा तातो पानी पिउँन व्यवस्था त्यहाँ पुग्ने भक्तजनलाई निकै समस्या पर्ने गर्दथ्यो । अब सिजनको समयमा पनि  दर्शनार्थीहरुले आफैले त्यहाँ व्यवस्था गरिएको तातोपानी पिउँने सुविधा प्राप्त भएको छ ।


प्रतिक्रिया