जोमसोम— मुस्ताङमा जलवायु परिवर्तनको प्रभाव , यसले पु¥याएको असर न्यूनिकण गर्दे जलवायु संकट चुनौतिलाई सामुहिक रुपमा अवसरको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिईएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षणका कार्यालय जोमसोमको आयोजना तथा जलवायु उत्थानशील आयोजनाको समन्वयमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो ।
मुस्ताङको घरपझोङ—५ ठिनी थकाली सामुदायिक होमस्टेमा आयोजित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) जोमसोम अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी),पत्रकार,स्थानीय युवा सम्मिलित ‘‘विज्ञान परम्परागत स्थानीय ज्ञानको सम्मिलन ः स्थानीय जलवायु उच्थानशील कार्यको सुदृढीकरण’’ बिषयक चारदिने प्रशिक्षक प्रशिक्षण तालिम (टीओटी) कार्यक्रममा मुस्ताङका सरोकारवाला कार्यालयहरुले जलवायु परिवर्तनको संकट मोचनका लागि जलवायु अनुकुलनका विकल्प अपनाउनु पर्नेमा जोड दिएका छन् ।
जलवायु परिवर्तन अनुकुलन र पारस्थितिकिय प्रणाली व्यवस्थापनमा स्थानीय स्तरमा यसको सहजीकरण गर्ने उद्देश्यले एक्यापले सीएमसी,पत्रकार र स्थानीय युवाहरुलाई यसप्रकारको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको हो । तालिमका प्रशिक्षार्थीहरुलाई विश्वमै चिन्ताको बिषय बनेको जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको कृषि,पशुपालन,जैविक विविधिता,आर्थिक प्रणाली, समुदाय र परम्परागत धर्म संस्कृति माथि प्रत्यक्ष÷परोक्ष असर पु¥याएको बताईएको छ ।
तालिमका सहजकर्ता शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जलवायु परिवर्तनको चुनौति विश्व समुदायले सृजना गरेको वातावरणीय चुनौति भएको बताउँनुभयो । जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भईरहेको, असमान प्रकारको हिमपात र बेमौसमी वर्षा हुन थालेकाले परम्परागत कृषि प्रणालीमा असर पु¥याउँदै जान थालेको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।‘जलवायु संकट विश्वव्यापी समस्या र चुनौतिका रुपमा देखिन थालेको छ,यो मानवले सृजना गरेको कार्वन उत्र्सजनका क्रियाकलापनै हुन,’ कार्यालय प्रमुख आत्रेयले भने,‘ जलवायु संटकको चुनौतिलाई अवसरको रुपमा पनि लिन सकिन्छ, जलवायुले वातावरणीय क्षेत्रमा पारेको मुल्यांकन गर्दै त्यसको विकल्पका रुपमा बैज्ञानिक अन्य कृषि प्रणालीलाई आत्मसाथ गरी अघि बढ्न सकिने नयाँ खालको अवसर पनि हो ।’
कार्यालय प्रमुख आत्रेयले मुस्ताङ परम्परागत स्याउ खेतीले बिस्तारै उकालो बसाई सर्दै जान थालेको उल्लेख गर्नुभयो । जलवायु संकट मोचनका लागि परम्परागत खेतीको विकल्पमा नयाँ प्रजातीको उस्तै खाले खेती गर्न सकिने अवसरका रुपमा समेत लिनुपर्ने केन्द्र प्रमुख आत्रेयले जोड दिनुभयो । फलफूल,तरकारी र खाद्यान्न बालीहरुलाई हावापानी र तापक्रम सुहाउँदो हुने गरी जलवायु अनुकुलन अपनाउनु पर्ने सन्देश स्थानीय स्तरसम्मै पु¥याउनु पर्ने बताउँनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. लालमणी अर्यालले जलवायु संकटका कारण हिमाली क्षेत्रमा सदिंयौदेखि चल्दै आईरहेको परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्दै जान थालेको बताउँनुभयो । बढ्दो कार्वन उत्पादनले हिमाली क्षेत्रको उच्चलेंक खर्क र पाटनहरुमा पानीको स्रोत सुक्दै जान थालेको छ, हिमालहरु कालापत्थरमा परिणत हुँदै गईरहेको, खर्क र पाटनमा पानीको स्रोत नहुँदा चरिचरन खुम्चिदै जान थालेको प्रति चिन्ता व्यक्त गरे । ‘यहाँको पशुपालन व्यवसाय संकटमा छ, त्यस्ता परम्परागत पशुपालनको विकल्प नयाँ के हुन सक्तछन भन्ने अनुलकन आवश्यक छ,’ डा. अर्यालले भन्नुभयो,‘ तापक्रम वृद्धि सगै पशुपालनमा विभिन्न रोगहरु देखा पर्न थालेको छ,हामीले यसको नियन्त्रणमा अहोरात्र जुटेकाले त्यस्तो भयावह अवस्था सृजना हुन पाएको छैन ।’
गण्डकी जलाधार उत्थानशील आयोजनाका क्षमता विकास अधिकृत सुनिल सापकोटाले जलवायु परिर्वतनका असर र त्यसको न्यूनिकरणका साथै जलवायु संकटले सृजित समस्या र चुनौतिहरुसंग जुध्दै अघि बढ्न जलवायु डेटा संकलन महत्वपूर्ण भएको बताउँनुभयो । वातावरणीय क्षेत्रको जोखिम र संकटासन्न क्षेत्रको लेखाजोखा गरेर सबै क्षेत्रमा अनुलकनका विकल्प अनपनाउनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जलवायु परिवर्तनले मानव र वन्यजन्तुबिच द्धन्द बढेको बताउँनुभयो । मानव र वन्यजन्तुबिचको द्धन्द व्यवस्थापनका लागि सुरक्षित पुर्वाधार निर्माण र समुदाय लक्षित कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । एक्यापकै अर्का संरक्षण सहायक संजोग थकालीले अनाधिककृत फोहोरले वातावरणीय क्षेत्रमा असर पु¥याएको बताउँनु भयो । फोहोर व्यवस्थापन नहुँदाकै कारण जलवायु संकटको सामना गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । संरक्षण सहायक थकालीले मानवद्वारा सृजित फोहोरलाई बर्गिकरण गरी व्यवस्थापन गर्न सकेमा मात्रै कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने बताउँनुभयो ।
जलवायु प्रशिक्षार्थीहरुलाई मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष लालचनले जलवायु परिवर्तनका कारण मुस्ताङमा पछिल्लो तीन वर्ष हिउँ पर्न नसकेको जानकारी दिनुभयो। ‘जलवायु संकट हामीले गरेको अपराध होईन, हामीले अरुले गरेको अपराधको सजाय भोगिरहेका छौं,’अध्यक्ष लालचनले भन्नुभयो,‘ वातावरण प्रदुषणीय न्यूनिकरण गर्न हामीले आफ्नो तहबाट विभिन्न अभियानहरु संञ्चालन गर्दैआईरहेका छौं ।’
कार्यक्रम समापनमा एक्याप प्रमुख राजेश गुप्ताले जलवायु परिवर्तन न्यूनिकरण,पर्यटन प्रर्वद्धन, रैथाने बाली संरक्षण, आर्थिक तथा सामाजिक प्रणाली,जैविक विविधता संरक्षण लगायतमा एक्यापले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैआईरहेको बताउँनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा विभिन्न चार सहयोगी निकाय ग्रीन क्लाईमेट फ्रन्ट (जीसीएफ)को आर्थिक सहयोगमा मुस्ताङको ठिनीमा जलवायु सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली