जोमसोम—उत्तरी कोरलानाका जोड्ने मुस्ताङको कागबेनीमा निर्माणधिन बाढीले क्षति तुल्याएको पक्की पुलको प्राविधिक अध्ययन गरिएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा गत साउन २८ गते आएको विनासकारी बाढीका कारण क्षति भएको पुलको बारेमा स्थलगत अध्ययन गर्न ईन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोकको ४ सदस्यीय प्राविधिक विज्ञ टोली मुस्ताङ आएका हुन् । यसअघि मुस्ताङ आएको विज्ञ टोलीलाई क्षतिग्रष्त पुलको डीपीआरसहितको सम्पूर्ण कागजात आयोजनाले पेश गरेको थियो ।
कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाको पहलमा मुस्ताङको कागबेनीमा कागखोला बाढीले क्षति बनाएको पुलको वस्तुगत अवस्थाको बिस्तृत अध्ययन गर्न संस्थानमा कार्यरत ४ जना प्राविधिक विज्ञ टोलीलाई मुस्ताङ मा ल्याईएको हो ।
कागखोला बाढीले क्षति भएको पुलको अध्धयन टोलीमा ईन्जिनीयरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा कार्यरत स्टक्चर तथा पुल हेर्ने विज्ञ डा.राजन सुवाल, विपद् जोखिम न्यूनिकरण विज्ञ तथा भूगर्भ विद् डा. बशन्तराज अधिकारी, स्टक्चर ईन्जिनीयर सुवास बास्तोला र जलश्रोत तथा जलवायु विज्ञ ईन्जिनीयर निराजन देवकोटासहितको प्रध्यापक टोली मुस्ताङ आएको हो । उनीहरुले आईतबार वारागुङ मुक्तिक्षेत्रको कागखोलामा बाढीले क्षति भएको पुल देखि माथि कागेखोला मुहानसम्मको दुरीमा पुगेर स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।उनीहरुले कागखोला बाढीका कारण क्षति भएको पुलको पूर्वाधार र पुल बाढीले बगाउनुको कारण केके हुन सक्तछन् भन्ने पत्ता लगाउने र कागखोला भेलबाढीको अध्ययन तथा यसबाट परेको असरका बिषयमा सुक्ष्म अध्ययन गरिएको हो ।
कागखोला बाढी बितण्डाले पू¥याएको असर र यसमा हुनसक्ने कमजोरी र दीर्घकालिन रणनीतिक योजनाका बिषयमा प्राविधिक अध्ययन गर्न विज्ञ टोलीहरु वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ र कागबेनीमा पुगेको थियो । टोलीले त्यहाँ क्षति भएको पुलको प्राविधिक अध्ययन गरेको थियो भने बाढीले कसरी निर्माणधिन पुललाई बगाउने अवस्था रह्यो भन्ने बिषयमा अध्धयन गरेको बेनी—जोमसोम—कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।
पुल्चोक ईन्जिनीयर अध्ययन संस्थानबाट आएको विज्ञ टोलीले कागखोलाको स्थलगत अवलोकन र कागबेनीमा क्षति भएको पुलको अध्ययनपछि चालुवर्षको असार महिना भित्रै बिस्तृत प्रतिवदेन आयोजनालाई बुझाउने जनाईएको छ । संस्थानका स्टक्चर तथा पुल विज्ञ डा. राजन सुवालले कागबेनीमा निर्माणधिन पुल र कागखोलाको प्राविधिक तथा वैज्ञानिक अध्ययन सर्वेक्षण गरिएको जानकारी दिए । उनले कागबेनीमा कागखोलामा पहिरोका कारण नदी थुनिएर बाढीले पुलको भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने प्राविधिक अनुमान रहेको जनाए ।
‘हामीले पुल र खोलाको मुहानसम्म पुगेर ह¥यौं, समग्रमा पुलको डिजाईनमा कुनै कमजारी भएको देखेनौं, स्टक्चर तथा पुल विज्ञ सुवालले भने,‘ बर्खायाममा पहिरोले गर्दा नदी थुनिएको र एक्कासी गिट्टी,बालुवा र ग्रेग्रान थुपरिएको भाग एक्कासी नदी फुट्दा त्यसको ठुलो प्रेसरले पुलसहित कागबेनीमा भौतिक क्षति भएको होकी भन्ने हाम्रो पूर्वअनुमान छ ।’
गत साउनको २८ गते कागखोलाको भयानक बाढीले कागबेनीमा निर्माणधिन २५ मिटरको पक्की पुलको स्ल्याप ढलान बगाएको थियो । त्यसबेलाको बाढीले स्थानीय दर्जनौ घर,स्कुल धर्मशाला, झोलुङे पुल, पशुचौपाया र सवारी साधनमा क्षति भएको थियो । बाढीले कागबेनीको साविकको प्राकृतिक सौनदर्यतामा समेत प्रतिकुल असर पु¥याएको थियो । प्रसिद्ध धार्मिक श्राद्धस्थलको भौतिक सरचनामा समेत बाढीले क्षति पु¥याउँदा त्यहाँको पर्यटन व्यवसायमा समेत असर पुगेको छ ।
अध्यक्ष टोली अन्तर्गत संस्थानका विपद् जोखिम न्यूनिकरण विज्ञ तथा भगर्भ विद डा. बशन्तराज अधिकारीले कागबेनी बाढीले क्षतिग्रष्त पुलको साईड सुपर भिजन गरिएको बताए ।उच्च हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको असर बढ्दो रहेको उल्लेख गरे । जलावायुको कारण हिमताल फु्ट्ने,पहिरो जाने र हिउँ पुग्लिएर नदीको वाहव उच्च हुने गर्दा हिमाली क्षेत्रका सडक,पुल र भवन लगायतका पूर्वाधार बनाउँदा जलवायुको प्रभावको मूल्यांकन गर्न जरुरी रहेको उल्लेख गरे ।‘विगतमा हामीले जसरी पूर्वाधार निर्माण गथ्र्यौ अब त्यो शैलीले संरचना दिगो बनाउन मुश्किल हुन्छ, उनले भने,‘ यसका लागि वातावरणीय अध्ययन र त्यसको हेक्का राखेर मात्रै पूर्वाधार बनाउन आवश्यक छ ।’
उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीब्र भएकाले यसको संम्भावित असरको आँकलन गर्न जरुरी रहेको सुनाए । ‘कागबेनीको घटना हेर्दा प्रारम्भिक अध्ययनले नदी थनिएरनै विपद् निम्तिएको हाकीे भन्ने हाम्रो प्रारम्भिक बुझाई छ, बाढीसहितको लेदो माटो र ग्रेगानले थुनिएको पानी एक्कासी फुट्दा त्यसको प्रेसरले कागबेनी पुलनै ध्वंस्त बनाएको हुनसक्तछ ।’
कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाले पुल्चोक ईन्जिनीयरिङ अध्धयन संस्थानको प्राध्यापक विज्ञ प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सो स्थानमा दिगो पुल बनाउने मार्गप्रसस्त हुने आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले बताए । कालिगण्डकी करिडोर अन्तर्गत आयोजनाले कागखोलामा १८ महिनामा पुल निर्माण गर्ने गरी २०७४ साल पुस २८ गते ठेक्का सम्झौता गरेको थियो । गल्वा रफिना जेभी कन्ट्रक्सनले २ करोड ८८ लाख लागतमा रेलिङ र फुटपाथसहित ११ मिटर चौडा र २५ मिटर लामो पुल बनाउने ठेक्का लिएको थियो ।
पटक/पटक म्याद थप हुँदै आईरहेको कागबेनीमा निर्माणधिन पुलको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको थियो । ढिलासुस्तीका बावजुद निर्माण कम्पनीले ९० प्रतिशत पुलको भौतिक प्रगती हुँदा कागखोला बाढीले पुलामा क्षति बनाएको थियो । कागखोेलामा पुल नहुँदा कोरलानाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता