मुस्ताङ,१, बैशाख ।
नयाँ वर्ष २०८३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेको बताईएको छ । नयाँ वर्षको पहिलोदिन मंगलबार सुस्वास्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगति÷समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरुले मुुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
हिउँदयामपछि चलायनमा भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकोमा आज नयाँ वर्षको पहिलोदिन मुक्तिनाथ मन्दिरमा साविक भन्दा दोब्बर धार्मिक तिर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उहाँको भनाई छ ।
यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य संख्यामा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिकहरु पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । मध्यपूर्वको द्धन्दले पेट्रोलियम पदार्थको समस्या देखिएपनि टाढाटाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आईपुगेको व्यवस्थापक भुसालको भनाई छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकुल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुईचो बढेको हो ।
नयाँ वर्षको पहिलोदिन बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी ब्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको ब्यापक उपस्थितीले मन्दिर परिसर र १०८ धारा लगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलोदिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजनहरु मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओईरिएका हुन् ।
मन्दिरमा ब्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनहरुलाई लाईनबद्ध हुने गरी मन्दिरको दर्शनकार्यमा सहजीकरण गरेको थियो । नयांँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथ स्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो ।
योसंगै मुक्तिनाथ दर्शन गर्ना आएका पर्यटकका कारण मुस्ताङको जोमसोम,मार्फा लगायतका पर्यटकीय गाउँहरुमा समेत दर्शनार्थीहरुको चहलपहल बाक्लिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली