उपल्लो मुस्ताङको ईतिहाँस रच्दै पहिलो मन्त्रि बने गुरुङ

मुस्ताङ,०३, चैत्र ।

उपल्लो मुस्ताङको ईतिहाँस रच्दै पहिलो पटक सैतिस वर्षीय युवा नम्डु गुरुङ मन्त्रि बन्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा बुधबार मन्त्रिपरिषद पुनर्गठन हुँदा उपल्लो मुस्ताङको लोमान्थाङ—२ किम्लिङका प्रदेशसभा सदस्य गुरुङ मन्त्रि बन्न सफल हुनु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गर्दा नेकपा (एमाले)बाट चार र नेपाली कांग्रेसबाट चार जना प्रदेश सभासदस्यलाई मन्त्री बनाईएको थियो । जसअन्तर्गत नेपाली काग्रेसको तर्फ चार जना मन्त्रिको सूचिमा गुरुङले गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनु भएको हो । मन्त्रि गुरुङले बुधबारनै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गोपनियता शपथ ग्रहण समेत गरिसक्नु भएको छ ।

यसअघि तल्लो मुस्ताङबाट विभिन्न चरणमा नेपाल सरकारको मन्त्रिमण्डलमा प्रधिनित्व गर्ने अवसर प्राप्त भएको भएपनि उपल्लो मुस्ताङले संघीय तथा प्रादेशिक सरकारमा मन्त्री पद पाउन सकेको थिएन । आदिवासी जनजाती,अल्पसंख्यक र सिमान्तकृत समुदायबाट गण्डकी प्रदेशको सरकारको मन्त्रिमण्डलमा पहिलो पटक प्रतिनिधित्व गर्ने अवसर गुरुङले पाउँनु भएको हो ।

वि.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष हारेका गुरुङ र वि.स. २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो । वैदेशिक रोजगारका लागि विदेशी पलायन भएका मन्त्री गुरुङ विदेशीबाट फर्किएर गाउँमै  कृषि र व्यापार व्यवसाय चलाएर बसेका थिए ।

 गण्डकी प्रदेश सरकारबाट उपल्लो मुस्ताङबाट पहिलो पटक वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री गुरुङले वन तथा वातावरणको क्षेत्रमा खुलेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । विश्वकै चिन्ताको विषय बनेको जलवायु परिवर्तन असर र त्यसको न्यूनिकरणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताउँनु भयो । जलवायु संकटले सबै भन्दा बढी हिमाली जिल्ला मुस्ताङ र मनाङलाई असर पु¥याएको उल्लेख गर्दै जलवायु संकटसंग जुध्दै जलवायु अनुकुलनका कार्ययोजनाहरुलाई प्राथमिकतामा राखिने मन्त्री गुरुङको भनाई छ ।  जलवायु परिवर्तनका कारण वन तथा वातावरण क्षेत्रमा नकारात्मक असर पु¥याएको उल्लेख गर्दै वन तथा वातावरण क्षेत्रमा काम गर्ने बताउँनुभयो । विदेशी काठहरुको आयातलाई न्यूनिकरण गर्दे स्वदेशी काठहरुको प्रवद्र्धन र विकास गरिने मन्त्री गुरुङको भनाई छ । जलवायु संकटका कारण कृषि क्षेत्रमा परेको असरलाई न्यूकिरण गर्न कार्वनउत्र्सजन घटाउने  र कृषि क्षेत्रलाई समयसापेक्षिक रुपमा विकास गर्दै लगिने मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

 अल्पसंख्यक ,पिछडिएको बर्ग र सिमान्तकृत समुदायको व्यक्ति मन्त्री बनेको खुसियालीमा उपल्लो मुस्ताङका स्थानीय नागरिकहरुमा खुसीयाली छाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले  नेपाली कांग्रेसले उपल्लो मुस्ताङका माननीयलाई मन्त्री बनाएको प्रति खुसी व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष बिष्टले मन्त्री गुरुङ उपल्लो मुस्ताङबाट ईतिहाँस रच्दै मन्त्रि बनेको प्रति बधाई ज्ञापन गर्नुभएको छ । यसैगरी उपल्लो मुस्ताङका स्थानीय नागरिक र जनप्रतिनिधिहरुले मन्त्रि गुरुङलाई सामाजिक संञ्जाल मार्फत  बधाई ज्ञापन गरेका छन् ।


प्रतिक्रिया