कालीगण्डकी नदीमा शव फेला

फाईल फोटो

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित कालिगण्डकी नदीमा एक पुरुषको मृत शव फेला परेको छ । घरपझोङ गाउँपालिका—२ मार्फा बस्ने ५१ वर्षीय पुरुष भिमबहादुर घताने (बि.क.)को शव सोमबार बिहान करिव ९ बजेको समयमा मुस्ताङको मार्फा स्थित कालिगण्डकी नदीकोबीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मृत अवस्थामा फेला परेका पुरुष आईतबार साँझदेखि सम्पर्कबिहीन थिए । निजले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्ने गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना प्रहरी निरीक्षक अधिकारी विशाल अधिकारीले जानकारी दिनुभयो ।

मार्फा स्थित घरको अन्दाजी एक किलोमिटर दुरीको पूर्वतर्फ कालिगण्डकी नदीको बिच भागमा मृतकको शव फेला परेको सूचना अधिकारी प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।

घटनाको सूचनापछि सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरीले शव र घटनास्थलको मुचुल्काकार्य सकेर शवलाई पोष्ट मार्टमका लागि प्रदेश अस्पताल जोमसोमको शवगृहमा राखिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । घटना सम्वन्ध थप अनुसन्धानकार्य भईरहेको उहाँले बताउँनुभयो ।


प्रतिक्रिया