मुस्ताङ भन्सारबाट एघार महिनामा ६ अर्ब ६६ करोड बढी राजश्व संकलन
उपल्लो मुस्ताङको लोमान्थाङ—२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आव २०८२÷०८३ को एघार महिना अवधिमा ७ अर्ब ६६ करोड ८५ लाख बढी राजश्व संकलन गरेको छ । चालु आवको साउनदेखि जेठ महिनासम्म (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तु वापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व संकलन गरेको हो ।
यहाँ स्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख मुल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी २० करोड ५५ लाख ७४ हजार मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो ।
यहाँको नेपाल—चीन उत्तरी कोरलानाका गत ३१ भदौदेखि पूर्णरुपमा संञ्चालनमा आएको हो । त्यसयता जेठ महिनासम्म दुई हजार ९९७ वटा बिद्युतीय सवारी (ईभी) गाडी कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार प्रमुख चुडालका अनुसार चीनबाट करिव सात अर्ब बराबरको विद्युतीय सवारी पैठारी भएको छ ।
गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको नेपाल—चीन उत्तरी कोरलानाका वैकल्पिक नाकाको रुपमा संञ्चालनमा आएलगत्तै पूर्ण रुपमा संञ्चालनमा आएको थियो ।
नेपाल—चीन उत्तरी कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएवापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउन महिनामा सात लाख ५७ हजार,भदौमा सत्ताईस लाख २९ हजार,असोजमा दुई अर्ब ४९ करोड २५ लाख ,कार्तिकमा एक अर्ब ८ करोड ४९ लाख र मंसिरमा एक अर्ब २ करोड ६१ लाख राजश्व संकलन भएको हो ।
यसैगरी ,पुसमा बयानब्बे करोड २५ लाख,माघमा पाँच करोड ६१ लाख,फागुनमा बाह्र करोड ५० लाख,चैत्रमा दुई करोड १० लाख ,बैशाखमा चार करोड ८७ लाख र जेठ महिनामा अठासी करोड ७९ लाख रुपैया राजश्वक संकलन भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ ।
नेपाल—चीन उत्तरी कोरलानाकाबाट विद्युती सवारी (ईभी) गाडीसहित चाडपर्व लक्षित लत्ताकपडा,ईलेक्ट्रोनिक उपकरण,जुत्ताचप्पल,किराना सामग्री,कस्मेटिक लगायतका मालवस्तु नेपाल भित्रिने गरेको छ । यसैगरी नेपालबाट हस्तकला सामग्री,स्थानीय उत्पादनहरु चीनतर्फ निकासी हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली