मुस्ताङ, २९, भदौ ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीर सडकमा गएराति सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
त्यहाँको काभे्रभीर सडकमा करिव ५० मिटर सडकमा सुख्खा पहिरो जाँदा सडक ट्याकमा क्षति पुगेको सुपरभाईजर शेरचनको भनाई छ । त्यहाँ सुख्खा पहिरो जाँदा मुस्ताङ आवजाउ गर्ने सवारी साधनहरु गन्तब्यमा प्रस्थान गर्न नसकी रोकिएको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध बनेको बताउँनुभयो । उहाँले त्यहाँको सुख्खा पहिरो गएको स्थानमा सडक विभागको डोजर प्रयोग गरी सडक खुलाउने पहल भईरहेको बताउँनुभयो ।
मुस्ताङमा स्याउ हार्भेस्ट गरी पोखरा—काठमान्डौ लगायतका बजारमा ढुवानी गर्ने समयमा सुख्खा पहिरो जाँदा समस्या उत्पन्न भएको छ । यसैगरी दसै पर्वको स्रोह्र श्राद्ध तिथिको दौरानमा युवाहरुको जेनजी आन्दोलनका कारण पनि मुस्ताङ आउजाउ गर्ने तिर्थयात्रीहरु समेत प्रभावित भएका छन् ।
आन्दोलन रोकिएको यहाँको पर्यटन चलायमान हुने अपेक्षा गरिदा सडक अवरुद्धले यहाँका पर्यटन व्यवसायीहरुलाई निरासा तुल्याएको छ ।यो समय धार्मिक तिर्थालुहरुको आगमनले चहलपहल हुने बेला भएपनि मुस्ताङमा पर्यटकीय रौनक लयमा फर्किन सकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता