मुस्ताङमा पर्यटकको आईरो, ८ महिनामा भित्रिए २ लाख २९ हजार पर्यटक


हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८०÷०८१ को ८ महिना अवधिमा २ लाख २९ हजार ६१४ जना पर्यटक भित्रिएका छन् ।

  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु वर्षको साउन देखि फागुन महिनासम्ममा १ लाख ८७ हजार १४ जना आन्तरिक पर्यटक र  ४२ हजार ६४० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । चालु आर्थिक वर्षको ८ महिनामा ३५ हजार ३५६ जना सार्क मुुलुकका पर्यटक छन् भने ७ हजार २८४ जना अन्य फरेनर पर्यटक रहेका छन् ।


मुस्ताङमा आर्थिक गत आर्थिक वर्ष २०७९÷०८० को अनुपातमा चालु वर्ष ८ महिनामै पर्यटक तथ्यांक नजिक पुगेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्ष आन्तरिक तथा बाह्य गरी कुल ३ लाख ९ हजार ९८९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये २ लाख ४० हजार ६८२ आन्तरिक र सार्क तथा फरेनर गरी ६० हजार २९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्यांक छ ।


यसैगरी चालु वर्ष अन्य जिल्लाबाट मुस्ताङ भित्रिने स्थानीय नागरिक,कर्मचारी  र कामदारको संख्या ४ हजार ५२ जना रहेको छ । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्ममा अन्य जिल्लाबाट ४३ हजार ८८२ वटा सवारी साधन मुस्ताङ भित्रिएका छन् ।


 हिमाली जिल्ला मुस्ताङमा कोभिड माहामारीपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गईरहेको छ । मुस्ताङ भित्रिएका अधिकाँश भारतीय पर्यटकहरु मुक्तिनाथ मन्दिरको दर्शन गर ी फर्किने गरेको पाईएको छ । फरेनर विदेशी पर्यटकहरु भने मुक्तिनाथसंगै मुस्ताङको पृथक मनोरम भूगोलको अवलोकन गरी फर्किने गरेका छन् ।  नेपाली आन्तरिक पर्यटकले भने मुक्तिनाथ मन्दिरको दर्शनसंगै कागबेनीमा श्राद्ध तथा दिवंगत पितृको नाम तर्पण दिन आउँछन्  । 


नेपाली युवा पुस्ताका पर्यटकहरु भने चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका,लोमान्थाङ दरबार,छोसेर गुफा,लोघेकर गुम्बा,लुरी गुम्बा,मुस्ताङ गेट,ढुम्बाताल लगायतका पर्यटक गन्तब्यहरुको अवलोकन गरी फर्किने गर्छन् ।



प्रतिक्रिया