आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले तेस्रो पटक थप २ दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल मुस्ताङका लागि आवश्यक माग संख्याका लागि दूई पटक दरखास्त आह्वान गरेको थियो । तर, २ पटक म्याद थप गर्दा पनि तोकिएमा छनौट प्रक्रिया सकिदासम्म माग संख्या अपुग भएकाले पून ः तेस्रो पटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो ।
यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनौट,नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट एकिकृत रुपमा दुई पटकसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको थियो ।
यहाँ स्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङले पहिलो पटक २५ पुसमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुल्ला गरेको थियो । पुस २५ गतेदेखि माघ १ गतेसम्मको कार्यतालिका अवधिमा आवश्यक माग संख्या अपुग भएपछि पूनः २ दिनको म्याद थप गरेको थियो ।
निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले २६६ जना र सशस्त्र प्रहरी बल नेपाल मुस्ताङले ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरीको माग गरी दरखास्त खुलाईएको थियो । यहाँ दोस्रो पटक म्याद थप हुँदा मागसंख्या भन्दा ११ जना बढीले आवेदन दिएकामा निर्वाचन प्रहरीको छनौट प्रक्रिया सकिंदा २९० जना व्यक्ति मात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक बस्यालका अनुसार आवेदन दिएका मध्ये केही छनौट प्रक्रियामा अनुउर्तिण भएको र कतिपय आवेदन दिएर पनि सम्पर्कमा नआउँदा मागसंख्या नपुगेको बताउँनुभयो ।
आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी अपुग भएकाले थप दुई दिनको म्याद थप्नु परेको प्रहरी निरीक्षक बस्यालको भनाई छ । उहाँका अनुसार निर्वाचन प्रहरीको अपुग संख्या परिपूर्ति गर्नका लागि शनिबार र आईतबार गरी दुईदिनको समय राखेर आवेदन खुल्ला गरिएको हो । मुस्ताङमा ३१२ जनाको कोटा रहेपनि ३२३ जनाले आवेदन दिएको भएपनि अन्तिम चरणमा आईपुग्दा २९० जनामा मात्रै सीमित हुँदा थप निर्वाचन प्रहरीको आवश्यकता परेको हो ।
मुस्ताङमा निर्वाचन प्रहरीमा भर्ना हुनका ला्गि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख व्यक्तिहरु मुस्ताङ आएको बताउँनुभयो । निर्वाचन प्रहरी भर्ना हुने मध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका रहेको प्रहरी निरीक्षक बस्यालको भनाई छ । भर्ना हुनेमा अधिकाँश सडक ,कृषि र होटल मजदुरहरु रहेको उहाँको भनाई छ ।
मुस्ताङमा निर्वाचन सुरक्षाका लागि छनौट गरिएका निर्वाचन प्रहरीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी नियुक्ति प्रदान गरिने र त्यसपछि माघ १५ गतेदेखि माघ २५ सम्म शारिरीक्षक प्रशिक्षण तालिम संञ्चालन गरिने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली