जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले देशका विभिन्न स्थानबाट मुस्ताङ आएका तारा खेलाडीलाई मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउन आह्वान गरेका छन् ।
थकाली सेवा समिति नेपाल (केन्द्र)द्धारा बिहिबार आयोजित १२ औं तोरन्ल गोल्डकको समुद्घाटन कार्यक्रममा अध्यक्ष लालचनले पर्यटन प्रर्वद्धनले मात्रै मुस्ताङ जिल्लाले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।
तल्लो भेंकका थकालीहको महान पर्व तोरन्ल,तेरमी र त्युङ्ला जस्ता महत्पूर्ण चाडपर्व यहाँको सांस्कृतिक धरोहरलाई उचाईमा पू¥याएको उल्लेख गर्दे अध्यक्ष लालचनले थकाली जाती,धर्म,संस्कृति,सम्यता,ऐतिहाँसिक र मौलिकता जिवन्त रहेसम्म थकाली समुदायहरुको पहिचान कहिल्यै समाप्त नहुँने दावी गरे ।
बैदेशिक रोजगार,व्यवसाय,नोकरी र विभिन्न कारणले यहाँबाट विस्थापित भएका थकालीहरुले तोरन्ल पर्वले जोड्न सहयोग पुगेको अध्यक्ष लालचनको कथन छ । ‘यो ऐतिहाँसिक पर्वको बेला मुस्ताङको भूगोलमा ऐतिहाँसिक र यादगार रहने प्रतियोगिता हुँदैछ,यो थकाली समुदायको मात्र नभई मुस्ताङका लागि गौरवको बिषय सम्झेको छु ,अध्यक्ष लालचनले भने,‘यहाँ तारा खेल्न आईसकेपछि मुस्ताङ जिल्लाको पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको अवलोकन गरिदिन अनुरोध छ,तपाईहरु संम्पूर्णको योगदानले मात्रै मुस्ताङ जिल्लाको समृद्धि र विकास गर्न सम्भव रहन्छ ।’
तारा खेल्न नेपालका विभिन्न स्थानबाट आएका चारचन युवा खेलाडीलाई यहाँको महत्व दर्शाउँदै अध्यक्ष लालचनले भने,‘ मुक्तिनाथ मन्दिर,कोरलानाका,लोमान्थाङ दरबार,घर गुम्बा,चुउसी गुफा,छोसेर गुफा,कागबेनी धाम,ढुम्बाताल,सेकुङ,भुतर्छो ताल र टिटी तालहरुमा पुगेर यहाँका प्राकृतिक सुन्दरतासंग रमाउनु होला,यहाँ आईपुग्न सडक सहज भएको र विकासको मोडल फेरिएको सन्देश पू¥याईदिनु होला ।’
२ चैत २०८०, शनिवार १०:३८ मा प्रकाशित
528
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता