२०८१÷असोज २६
जोमसोम—हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थल मुुस्ताङको मुक्तिनाथधाममा शनिबार बिहानैदेखि यसवर्षको बडा दसै टिका सुरु भएको छ । मुक्तिनाथमा आज बिहान ७ बजे देखि विजया दशमीको दसै टिका लगाउन सुरु गरिएको हो ।
मुक्तिनाथधााममा बर्सेनि बडा दसैको टिकाको शुभसाईतकोदिन त्यहाँ कार्यरत पुजारीले मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुलाई दसै टिका र आर्शिवाद दिने प्रचलन रहँदै आईरहेको छ । मुक्तिनाथमा परिवारबाट बिछोडिएका,दसै टिका लगाईने आफन्तजन नभएका र स्वतः स्फूर्त रुपमा मुक्तिनाथमा पुगेर टिका लगाउन पुगेका दर्शनार्थी भक्तजनहरुलाई मन्दिरमा कार्यरत पुजारी कृष्णप्रसाद सुवेदीले विजया दशमीको अवसरमा भक्तजनलाई आर्शिवाद दिएर दसै टिका लगाईदिएका छन् । मुक्तिनाथ मन्दिरका् दर्शनसंगै विजया दशमीको टिका लगाउनेहरुको शनिवारदेखि निकै ठुलो घुईचो रहेको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले जानकारी दिए ।
विजया दशमीको दसै टिकाको शुभ—साईता बिहान ११ बजेपछि रहेपनि मुक्तिनाथ मन्दिरमा बिहानैबाट दसै टिका लगाउनेको बाक्लो उपस्थिती रहेको थियो । मुक्तिनाथमा दसै टिका लगाउन विशेष साईतको आवश्यकता नपर्ने मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा टाढा टाढाबाट आएका दर्शनार्थीहरु दर्शनगरी फर्किनु पर्ने भएकाले टिकाको साईत आवश्यकता नपर्ने पुजारी सुवेदीको भनाई छ ।
काठमान्डौंबाट मुक्तिनाथ दर्शन गर्न आएका हरि तिमिल्सिनाले मुक्तिनाथमा दर्शनसंगै दसै टिका लगाउने अवसर प्राप्त भएको बताए ।‘यति ठुलो धार्मिक पावन भुमीमा आएर दसै टिका लगाउन पाउनु अहोभाग्यनै हो, मुक्तिनाथको दर्शन पनि गरियो,उनले भने,‘ भगवानको काखमा आएर सबै परिवाले दशै टिका लगायौ,अब यहाँबाट फर्किएपछि पारिवारिक दसै टिका लगाउने कार्यक्रम छ ।’
मुक्तिनाथमा जिल्ला बाहिरबाट आउने दर्शनार्थी तथा मुस्ताङका स्थानीयले समेत मुक्तिनाथमा पुजारीको हातमा टिका ग्रहण गर्ने प्रचलन छ । मुक्तिनाथमा धारतीय दर्शनार्थी पर्यटकले समेत दसै टिका ग्रहण गरेको बताईएको छ । मुक्तिनाथमा बिहान ७ बजेदेखि सुरु भएको दसै टिका लगाउने कार्यक्रम साँझ ५ बजेसम्म रहने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली