मुस्ताङका सामुदायिक विद्यालय फागुनदेखि खुलेका छन्। जिल्लाको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय दुई महिना लामो हिउँदे बिदापछि शैक्षिक पठन÷पाठन संञ्चालनमा आएको हो।
हिउँदयाममा मुस्ताङका तीन स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका सामुदायिक,गुम्बा,आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छोडेर बेसीको न्यानो स्थानमा लगेर शिक्षण सिकाई क्रियाकलाप गर्ने गरिन्छ ।
हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालवालिकाको शिक्षण शिकाई क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्छन् ।
मुस्ताङमा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा,आमची र सस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । मुस्ताङका कुल ४७ विद्यालय मध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ वटा विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण शिकाई क्रियाकलापलाई निरन्तरता दिने गरिन्छ । मुस्ताङमा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी कुल ६० दिन विद्यालयको शैक्षिक पठन÷पाठन स्थगित गरिने गरिन्छ।
मुस्ताङका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरु फागुनदेखि क्रमशः शैक्षिक पठन÷पाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खुलेपनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ,थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकाँश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरुमा शैक्षिक पठन÷पाठन सुरु भएको ईकाई प्रमुख लामिछानेको भनाई छ ।
मुस्ताङका तीन स्थानीय तहका विद्यालयहरु हिउँदयामको पुस र माघ महिनामा विद्यालय पूर्ण रुपमा बन्द हुने भएपनि उपल्लो मुस्ताङका विद्यालयहरुले बिद्यार्थीलाई हिउँदे बिदा दिदैनन् । उपल्लो मुस्ताङका विद्यालयहरुले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेसी स्थान्तरण गर्ने प्रचलन छन् । चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरुले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन ।
उपल्लो मुस्ताङका विद्यालयहरु जाडो छल्दै घुम्ती कक्षा चलाउन कार्तिक अगावै बेसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिकाको तीन सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उहाँले बताउँनुभयो ।
यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक विद्यालय मध्ये ७ वटा सामुदायिक विद्यालयलाई जाडो छल्न बेसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभुत विद्यालय भने जाडो छल्न बेसी नझरी २ महिने हिउँदे बिदा दिएको थियो । घमी आधारभुत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी ७ वटा सामुदायिक विद्यालयले घुम्ती कक्षाका रुपमा बेसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टmले जानकारी दिनुभयो । लोघेरकका विद्यालयहरु आपसमा अस्थायी मर्ज गरी २ स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताउँनुभयो ।
तल्लो मुस्ताङका विद्यालय २ महिने लामो बिदापछि खुलेपनि उपल्लो मुस्ताङका विद्यालयहरु भने गर्मीयाम लागेपछि बैशाख महिनामा साविककै स्थानमा फर्किएर शिक्षण शिकाई क्रियाकलापलाई नियमित गर्छन। सरकारले गतवर्षदेखि देशभर शैक्षिक सत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दैआईरहेको छ ।
यसअघि हिमाली जिल्लाहरुमा पुस अगावै चालु शैक्षिक सत्र सकेर फागुनमा नयाँ शैक्षिक सत्रको पठन÷पाठन सुरु गर्ने गरिन्थ्यो । शैक्षिक सत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्न्े विद्यालयका बालबालिकाको शिक्षण शिकाई क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार हिउँदे दुई महिने बिदाले बिद्यार्थीले पढेका र सिकेका सिकाई उपलब्धिहरु बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिक सत्र कार्यान्वयमा पूर्नविचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता