जोमसोम—उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना अन्तर्गत उपल्लो मुस्ताङको (चराङ—छोसेर) २५ किलोमिटर सडक स्तरोन्नतिकार्य अहिले धमाधम सञ्चालन भईरहेको छ । २०७५ सालमा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसक्नु पर्ने (चराङ—छोसेर)सडक निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण सडक स्तरोन्नतिकार्य सम्पन्न हुन सकिरहेको थिएन । तर, अहिले (चराङ—छोसेर)मा तीब्रता साथ सडकको बाँकी अधुरो काम अघि बढेको आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत आव. २०७३÷०७४ सालमा (जोमसोम—कोरला) ११० किलोमिटर ग्राभेल सडक ७ खण्डमा विभाजन गरी सडक स्तरोन्नति सुरु गरिएको थियो । जोमसोम—कोरला सडकको ७ खण्ड मध्ये जोमसोम—झैते ४ खण्ड र झैते—कोरला ३ खण्ड गरी ७ खण्डको ११ मिटर चौडा ग्राभेल सडकको आयोजनाले एकैसाथ ठेक्का लगाएको थियो । २ अर्व ६ करोड लागत रहेको (जोमसोम—कोरला) सडकको ७ खण्ड मध्ये ६ वटा सडक खण्ड ग्राभेल सडक स्तरोन्नति भई २०७६ साल अघिनै (बेनी—जोमसोम—कोरला) सडक आयोजनालाई हस्तान्तर भईसकेको छ ।
जोमसोम—कोरला सडक ७ खण्ड मध्ये ६ खण्ड सडक सम्पन्न हुँदा चराङ—छोसेर सडक निकै लामोसमयदेखि अलपत्र पर्दैआईरहेको थियो । तामाङ —गौरी पावती, कोशी एण्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुने गरी २५ किलोमिटर (चराङ—छोसेर)सडक स्तरोन्नति गर्न २६ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुवाती चरणमा काम सुरु गरेको कोशी एण्ड न्यौपानेले ८० प्रतिशत भौतिक प्रगती हुँदा (चराङ—छोसेर) सडक अलपत्र पारेको थियो ।सडक अलपत्र परेपछि पटक÷पटकको पत्रचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै जोईनको पार्टनर गौरी पार्वती कालो सूचिबाट जोगिन चराङ¬छोसेर) सडक निर्माण कार्यमा फर्किएको थियो । तर, गौरी पावती काममा फर्किएपनि बाँकी रहेको अुधरो सडक निर्माणलाई तिब्रता दिन सकिरहेको थिएन । तर, यसपालि चालु आर्थिक वर्षको असार महिनाभित्रै आयोजनालाई हस्तान्तरण गर्ने गरी (चराङ—छोसेर) सडकको अधुरो सडक स्तरोन्नति धमाधम सुरु गरिएको गौरी पावती कन्ट्रक्सनका साईड ईञ्चार्ज बिष्णु अर्यालले जानकारी दिनुभयो ।
कोरला सडक अन्तर्गत (चराङ—छोसेर) २५ किमी ग्रोभल सडकको काम अन्तिम चरणमा पुगेको छ ।गौरी पार्वतीका साईड इञ्चार्ज अर्यालले चराङको भीरमा कटिङ गर्ने काम ३ दिन भित्र सम्पन्न हुने र अन्य स्थानमा कटिङको काम सकिएको जानकारी दिनुभयो । सडकको ९३ प्रतिशत भौतिक प्रगती भईसकेको र चराङ बजार भित्र करिव १ किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको साईड इञ्चार्ज अर्यालको भनाई छ । सडक स्तरोन्नति नहुँदा निकैनै अप्ठ्यारो परेको चराङ—लोमान्थाङ सडकको खाल्डाखुल्डी,ग्रेड सुधार र घुम्ती मोडहरुलाई उपकरणको प्रयोग गरेर सहज पारिसकेको साईड ईन्जिनीयर अर्यालले बताउँनुभयो ।
बेनी—जोमसोम—कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ—छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असार भित्रै सम्पन्न हुने दावी गर्नुभयो । विभिन्न प्राविधिक समस्याले सडक स्तरोन्नतिकार्य ढिलाई हुन पुगेको भएपनि अब त्यस्तो नहुँने आयोजना प्रमुख झाको भनाई छ । उक्त सडकमा करिव ३ सय मिटर कटिङको काम डेढ किलोमिटर ग्राभेलको कामसहित केही ग्रेड स्टक्चर र कल्भट निर्माण लगायतका कामहरु बाँकी रहेको आयोजना प्रमुख झाले उल्लेख गर्नुभयो । योसंगै (जोमसोम—कोरला) ११० किमी ग्राभेल सडक पुरा हुने आयोजना प्रमुख झाले जनाउँनुभयो ।
जोमसोम—कोरला ग्राभेल सडक अन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम—कागबेनी १३ किमी दुरीमा कालोपत्र विस्तार सम्पन्न गरिसकेको छ । यसैगरी चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिव १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का खुलेको आयोजनाले जनाएको छ । यसका लागि १० करोड बजेट विनियोजन भईसकेको आयोजना प्रमुख झाको भनाई छ ।