जोमसोमका विपन्न व्यवसायीले पाए स्याउको सुकुटी बनाउने उपकरण




जोमसोम—मुस्ताङको घरपझोङ—४ जोमसोमका विपन्न साना व्यवसायीहरुलाई स्याउको सुकुटी बनाउने हाते उपकरण वितरण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमले मंगल जोमसोमका ३० घरधुरी विपन्न व्यवसायीहरुलाई निःशुल्क स्याउको सुकुटी बनाउने उपकरण वितरण गरेको जनाएको छ ।

 ईलाका संरक्षण कार्यालय जोमसोमले  संरक्षण व्यवस्थापन समिति जोमसोमको समन्वय तथा सहजीकरणमा विपन्न व्यवसायी पहिचान गरी ३० घरधुरीलाई ३० थान स्याउको सुकुटी तयार गर्ने उपकरण प्रदान गरेको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीको  तथा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थकालीको उपस्थितीमा विपन्न व्यवसायीहरुलाई एक कार्यक्रम गरी सुकुटी बनाउन उपकरण हस्तान्तरण गरेको हो । पर्यटन प्रर्वद्धन,प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको सरक्षणका साथै वातावरणीय क्षेत्रमा कार्य गर्दै आईईरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोमले जोमसोमका विपन्न व्यवसायीहरुको जिविकोपार्जनमा सुधार ल्याउन उपकरण वितरण गरेको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

 स्याउ सुकुटी बनाउने उपकरण वितरण गर्दै घरपझोङकी उपाध्यक्ष जमुना थकालीले कृषि क्षेत्रको समुत्थान र विकास गर्दै त्यस पाटोमा जोडिने विपन्न व्यवसायीहरुको जिवन स्तर उकास्न यसप्रकारका कार्यक्रम फलदायी हुने बताईन् । संरक्षण व्यवस्थापन समिति जोमसोमका अध्यक्ष चन्द्रबहादुर थकालीले एक्यापद्वारा वितरण गरिएको कृषि उपकरणले साना व्यवसायीहरुलाई ठुलो राहत प्रदान गरेको उल्लेख गरे ।


 मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । स्याउ बगैचामा फलेका स्याउ मध्ये कम गुणस्तरण र खेर जाने स्याउलाई उपकरणको सहायताले  सुकुटी बनाउने गरिन्छ । स्याउको सुकुटी बनाउने समय सुरु भएकाले प्राप्त उपकरणले साना व्यवसायीहरुलाई टेवा पू¥याउने जनाईएको छ । स्याउलाई चिरा पारेर ४८ घण्टा बढी घाममा सुकाएपछि सुुकुटी तयार हुन्छ । मुस्ताङमा स्याउको सुकुटीलाई प्लास्टिकमा प्याकेजिङ गरी बिक्री वितरण गर्ने गरिन्छ 

 त्यसो मुस्ताङमा खेर जाने र कम गुणस्तरका स्याउलाई प्रशोधन गरेर ब्रान्डी,वाईन,जाम र जुस आदी परिकार बनाएर बिक्री वितरण गर्ने प्रचलन रहेको छ ।



प्रतिक्रिया