मुस्ताङबाट १९८ जना बिद्यार्थीले एसइई परीक्षा दिंदै

बिहिबार भोलीदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हिमाली जिल्ला मुस्ताङबाट १९८ जना बिद्यार्थी सामेल हुने भएका छन् । नियमित,खुल्ला र ग्रेड बृद्धितर्फ गरी  एक सय ७ जना छात्र र ९१ जना छात्रा परीक्षार्थीले एसइई  परीक्षा दिने तयारी भईरहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।

 यहाँ स्थित घरपझोङ—४ जोमसोम स्थित जनहित माध्यमिक परीक्षा केन्द्रमा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाईका सूचना अधिकारी चन्द्रसिंह बिकले जानकारी दिनुभयो ।

परीक्षाका लागि जनहित माध्यमिक बिद्यालयबाट नियमिततर्फ साधारण र सिभिल ईन्जिनीयरिङ धारतर्फ गरी ४९ जना बिद्यार्थीले एसइई दिनेछन् । जनहितमा साधारणतर्फ ३९ जना र प्राविधिक धारतर्फ १० जना बिद्यार्थीले एसइई परीक्षा दिने सूचना अधिकारी बिकले उल्लेख गर्नुभयो । जनहित माध्यमिक बिद्यालयबाट खुल्लातर्फ ९ जना र ग्रेड बृद्धितर्फ नियमित र खुल्ला गरी २ जना बिद्यार्थीले एसइई परीक्षा दिन लागेका हुन् ।

यसैगरी कृषि प्राविधिक धारतर्फ थासाङ गाउँपालिका—२ कोवाङको जनआदर्श अमरसिंह माध्यमिक बिद्यालयबाट नियमिततर्फ १७ जना र ग्रेड बृद्धितर्फ ४ जनाले एसइई परीक्षा दिने सूचना अधिकारी बिकको भनाई छ ।

  मुस्ताङको दिव्यदीप माध्यमिक बिद्यालयबाट छोसेर लोमान्थाङबाट नियमिततर्फ एक जना, ज्ञानोदय माध्यमिक बिद्यालय थासाङबाट  नियमिततर्फ १७ जना र ग्रेड बृद्धितर्फ २ जना, जनवाल माध्यमिक बिद्यालय घरपझोङ मार्फाबाट नियमिततर्फ ११ जना ,योगेन्द्र माध्यमिक बिद्यालय थासाङ टुकुचेबाट नियमिततर्फ १७ जना र ग्रेड बृद्धितर्फ २ जनाले एसइई परीक्षा दिने तयारी भईरहेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो ।

यसैगरी जनशान्ति माध्यमिक बिद्यालय वारागुङ मुक्तिक्षेत्र कागबेनीबाट  नियमिततर्फ ९ जना,धौलागिरी बोर्डिङ स्कुल जोमसोमबाट  नियमिततर्फ ३० जना, नालान्दा बुद्धिस स्कुलबाट नियमिततर्फ १५ जना, जननर्मल माध्यमिक बिद्यालय वारागुङ छुसाङबाट नियमिततर्फ ५ जना  र पाल एवम् नाम्ग्याल गुम्बा बिद्यालय लोमान्थाङबाट नियमिततर्फ ६ जना र ग्रेड बृद्धितर्फ एक जना बिद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।

 योसंगै  प्राविधिक धारतर्फ जनहित माध्यमिक बिद्यालय र जनआदर्श अमरसिंह माध्यमिक बिद्यालय गरी २७ जनाले एसइई परीक्षा दिने बताईएको छ ।


प्रतिक्रिया