प्रभु बैंकद्धारा कागबेनीलाई क्यूआर स्ट्याण्ड

जोमसोम—प्रभु बैंक लिमिटेडले मुस्ताङको कागबेनीलाई क्यूआर स्ट्याण्ड प्रदान गरेको छ । कागबेनी श्राद्धस्थलमा तिर्थ गर्न जाने भक्तजनहरुको सहजताका लागि बैंकले नगदरहित डिजिटल भूक्तानी प्रणाली मार्फत आर्थिक सहयोग प्रदान गर्न  कागबेनी मन्दिर तथा श्राद्धस्थल  संरक्षण व्यवस्थापन समितिलाई बैंकले उक्त  क्यूआर स्ट्याण्ड प्रदान गरेको हो ।

बैंक मार्फत क्यूआर स्ट्याण्ड प्रदान गरेपछि समितिले चैते दशै औशी अघि त्यहाँ आफ्नो क्यूआर कोड राखेको छ । प्रविधिको विकाससंगै बदलिदो परिवेशमा तिर्थ यात्रा गर्ने र पर्यटकीय गन्तव्यहरुको ट्राभल गर्नेहरुले पर्याप्त नगद रकम लिएर नहिड्ने गरेकाले बैंकले सो प्रविधि उपयोग गर्न समितिलाई क्यूआर स्ट्याण्ड हस्तान्तरण गरेको हो ।

कागबेनी श्राद्धस्थलमै  समितिकै नाममा रहेको क्यूआर कोड राखेपछि त्यहाँ पुग्ने धार्मिक तिर्थालुलाई चन्दा प्रदान गर्न निकै सजिलो भएको कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गरिन् । उनले कागबेनी धार्मिक स्थल प्राकृतिक विपद् कारण विछिप्त रहेकाले श्राद्धस्थलमा आउँने सबै धार्मिक तिर्थालुलाई गच्छे अनुसारको सहयोग गर्न आह्वान गरेकी छिन् । उनले समितिमा संकलन भएको रकम कागबेनी तिर्थस्थल व्यवस्थापनकै लागि खर्च गरिने स्पष्ट पारिन् ।

 गत साउन २८ गते कागखोला बाढीले  कागबेनीमा रहेको श्राद्धस्थल,मन्दिर, धर्मशाला र देवताका मूर्तीहरु बगाएर क्षति भएको थियो। बाढीले कागबेनीको पुरानो भौतिक संरचना पुरै नष्ट गरिसकेको छ । आशिंक रुपमा कागखोलालाई च्यानलिङ गरी ट्याकमा नियन्त्रण गरिएपनि बर्खायाममा अझै खोलाको जोखिम उच्च रहेको छ ।

कागबेनीमा भौतिक संरचना नष्ट हुँदा त्यहा पुग्ने धार्मिक तिर्थालुलाई श्राद्ध,तर्पण र पिण्डदान गर्न अप्ठ्यारो परेको थियो । चैते दशैको औसी तिथिमा  तिर्थालुहरुको आगमनलाई मयनजर गर्दे समितिले त्यहाँ निकै ठुलो सहजीकरण गरेको थियो ।

 समितिले श्राद्धस्थल नजिक शौचालय ,टिसप,बसपार्क स्तरोन्नति,हेल्थ क्याम्प,बजार व्यवस्थापन लगायतमा काम गरेको थियो ।


प्रतिक्रिया