प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त



काठमाण्डु, २० असोज– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

स्रोत ःकाठमान्डौं टुडे


प्रतिक्रिया