मुस्ताङको समग्र बजेट खर्च ३ अर्व ३४ करोड

जोमसोम— हिमाली जिल्ला मुस्ताङमा संघीय तथा प्रादेशिक सरकारी कार्यालयहरुले ३ अर्व ३४ करोड ७२ लाख बजेट खर्च गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ का लागि मुस्ताङका संघीय तथा प्रादेशिक सरकारी कार्यालयहरुका लागि  विनियोजित कुल बजेट ४ अर्व २ करोड ६६ लाख ४९ हजार बजेट मध्ये ८३ दशमलव १३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

  चालु वर्ष संघीय सरकारले कुल बजेटको ७ प्रतिशत र प्रादेशिक बजेटमा २५ प्रतिशत कटौती गरेको थियो । संघीय तथा प्रादेशिक कार्यालयहरुका लागि विनियोजित चालु खर्चतर्फ १ अर्व ६६ करोड ८७ लाख बजेट मध्ये १ अर्व ३६ लाख ३१ हजार अर्थात (८१.६८) प्रतिशत खर्च भएको छ भने पुँजिगत विकासखर्चतर्फ विनियोजित १ अर्व ४२ करोड १४ लाख बजेट मध्ये १ अर्व १७ करोड ८५ लाख अर्थात (८२.९२) प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले जानकारी दिए । कोष नियन्त्रक भण्डारीका अनुसार स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ ९३ करोड ६४ लाख ४२ हजार मध्ये ८० करोड ५५ लाख ४९ हजार अर्थात (८६.०२)प्रतिशत बजेट निकासा दिईएको छ ।

 मुस्ताङका २३ वटा संघीय  कार्यालयको चालु र पुँजिगत खर्चका साथै  स्थानीय तह वित्तिय हस्तान्तरणका लागि विनियोजित कुल बजेट २ अर्व २६ करोड ४ लाख मध्ये १ अर्व ९५ करोड ६० लाख अर्थात ( ८६.५३)ं प्रतिशत बजेट खर्च तथा स्थानीय तहलाई निकासा भएको छ । जसमध्ये संघीयतर्फको चालु बजेट १ अर्व ४० करोड १० लाख बजेट विनियोजन भएकोमा १ अर्व १९ करोड ७९ लाख अर्थात (८५.५) प्रतिशत खर्च भएको हो भने संघीय पुँजिगत विकासखर्चतर्फको बजेट ८९ करोड ७६ लाख मध्ये ८६ करोड ६३ लाख अर्थात (९६.५१) प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए । कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्ष संघीय स्थानीय तह वित्तिय हस्तान्तरण बजेट ८५ करोड ९३ लाखमा ७५ करोड ८० लाख अर्थात (८८.२२) प्रतिशत बजेट खर्च भएको हो ।संघीय चालु तथा पुँजिगत र वित्तिय हस्तान्तरण गरी कुल बजेट ३ अर्व १५ करोड ८० लाख बजेट मध्ये २ अर्व ८२ करोड २३ लाख अर्थात ( ८९.३७ं) प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाई छ ।

यसैगरी मुस्ताङमा १४ वटा प्रादेशिक कार्यालयतर्फ चालु तथा पुँजिगत र स्थानीय तह वित्तिय हस्तान्तरणका लागि विनियोजित कुल बजेट ८६ करोड ८५ लाख बजेट मध्ये ५२ करोड ४९ लाख अर्थात (६०.४३) प्रतिशत बजेट खर्च तथा निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीले जानकारी दिए । प्रादेशिक चालुतर्फ २६ करोड ७६ लाख बजेटमा १६ करोड ५१ लाख अर्थात (६१.७१) प्रतिशत बजेट खर्च भएको हो । प्रादेशिक पुँजिगततर्फ ५२ करोड ३७ लाख बजेट मध्ये ३१ करोड २२ लाख अर्थात (५९.६१) प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए । स्थानीय तह वित्तिय हस्तान्तरणतर्फको कुल बजेट ७ करोड ७१ लाख मध्ये ४ करोड ७४ लाख अर्थात (६१.५६) प्रतिशत बजेट वित्तिय हस्तान्तरण भएको उनले जनाए ।

आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय पुँजिगत बजेट  करिव शतप्रतिशत बजेट खर्च हुँदा प्रादेशिक पुँजिगत विकासखर्च बजेट सन्तोषजनक देखिदैन । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकको कामले गति लिदा संघीय पुँजिगत खर्च वृद्धि भएको कोष नियन्त्रक भण्डारीको दावी छ । तर, प्रादेशिक पुँजिगततर्फ पूर्वाधार विकास कार्यालय मुस्ताङको अख्तियारीमा परेका ३ वटा पुल र १ रिङरोड सडकको काम अलपत्र पर्दा प्रादेशिक पुँजिगत बजेट खर्च कम हुन पुगेको उनले जनाए ।

 संघीय सरकारतर्फ कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनालाई विनियोजित कुल बजेट ७४ करोड ३७ लाख बजेटमा ७४ करोड ७८ हजार अर्थात(९९.५०) प्रतिशत खर्च भएको हो । यो कालिगण्डकी करिडोर सडकलाई विनियोजित बजेटको अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत बजेट खर्च भएको देखिन्छ ।

संघीयतर्फ शितोष्ण बागवानी विकास केन्द्र (मार्फा)ले कुल बजेट ९ करोड २२ लाख मध्ये ७ करोड ४९ लाख अर्थात (८१.२५) प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यानवयन ईकाई मुस्ताङले कुल बजेट ५ करोड ५१ लाख मध्ये ४ करोड ३० लाख अर्थात (७८.०३) प्रतिशत बजेट खर्च गरेको कोष नियन्त्रक भण्डारीले बताए । यस्तै ,जिल्ला अदालत मुस्ताङले कुल बजेट १ करोड ९३ लाखमा १ करोड ८३ लाख अर्थात (९४.२५) प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा प्रादेशिक कार्यालयतर्फ पूर्वाधार विकास कार्यालय मुस्ताङलाई २७ करोड ६२ लाख विनियोजन भएकोमा जम्मा १२ करोड १५ लाख अर्थात (४४ं.००) प्रतिशत बजेट खर्च गरेको छ । खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालय मुस्ताङको कुल बजेट १९ करोड ४४ लाख रहेकोमा १७ करोड ४२ लाख अर्थात(८९.५८) प्रतिशत बजेट खर्च भएको देखिन्छ । यस्तै, कृषि ज्ञान केन्द्र मुस्ताङले कुल बजेट ३ करोड ८९ लाख मध्येमा २ करोड ७ लाख अर्थात (५३.३२) प्रतिशत बजेट खर्च गरेको हो ।यस्तै, मुस्ताङ अस्पताल मुस्ताङका लागि विनियोजित बजेट ९ करोड ५६ लाख मध्ये  २ करोड ८५ लाख अर्थात (२९.८९) प्रतिशत मात्रै बजेट खर्च भएको हो । मुस्ताङ अस्पतालको निर्माणधिन भवन अलपत्र हुँदा त्यहाँ बजेट खर्च कम हुन पुगेको हो ।

 आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा संघीय तथा प्रादेशिक कार्यालयहरुबाट ८ करोड ९५ लाख ९६ हजार राजश्व संकलन भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिए । जसमध्ये संघीयतर्फ ७ करोड ७० लाख २० हजार राजश्व संकलन भएको छ । प्रादेशिकतर्फ १ करोड २५ लाख ७६ हजार राजश्व संकलन भएको हो ।



प्रतिक्रिया