प्रजिअ : जनकराज पन्त (मुस्ताङ)
मनसुन सुरु भएको १ महिना भईसकेको छ । अहिलेसम्म हामी कहाँ त्यस्तो विपद्का घटनाहरु भएका छैनन् । विपद्को सामना गर्न नपरोस् पनि । यद्यपी मनसुनको समय अझै पनि कायम रहेकाले जिल्लामा विपद आईपरेमा त्यसतर्फ हामी निकै सचेत भएर बसेका छौं ।
हामीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाईसकेका छौं । मनसुनको अवस्थालाई मध्यनजर गर्दै केन्द्रको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रालयको आपतकालिन संञ्चालनकेन्द्र र विपद् व्यवस्थापन महाशाखासंग समन्वयात्मक रुपले हामीले विपद् मनसुनको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर जिल्लामा हुनसक्ने क्षेत्रलाई नक्साङ्कन गरिसकेका पनि छौं । विपद् आउनसक्ने क्षेत्रलाई पहिचान गर्दै त्यस्ता क्षेत्रमा कसरी विपद्लाई व्यवस्थापन गर्ने भन्नेतर्फ लागिपरेका छौं । हामीले विपद् प्रतिकार्यलाई संस्थागत संरचना र आवश्यक लजिस्टिक सपोर्ट र आवश्यक सामाग्रीको व्यवस्था गरेका छौं ।
जनशक्तितर्फ सुरक्षाका ३ वटै निकायलाई आवश्यक श्रोतसाधनसहित तयारीमा राखेर जिल्ला ¥यापिट रेस्पोन्स टिमलाई निर्देशन दिईएको छ । विपद् आईपरे तुरुन्तै उद्दार र व्यवस्थापनमा खटिन सक्ने गरी अघि बढेका छौं । विपद्संग जोडिने सबै शाखा कार्यालयहरुलाई आफ्नो कार्यक्षेत्रमा रहेर विपद् पर्दा र त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने सम्वन्धमा आवश्यक निर्देशन दिएका छौं ।
जिल्लामा विपद्का घटना आईलागे र सडक अवरुद्ध भएमा संघ तथा प्रदेश सरकारसंग हेलिको व्यवस्थापन गर्न यसअघिनै पत्रचार भईसकेको छ । राजमार्ग सडक अवरुद्ध भएमा खुलाउन ‘५÷१० किलोमिटरको दुरीमा सडक खुलाउनका लागि उपरकण व्यवस्थापन गर्न निर्देशन भएको छ । रेडक्रससंग पनि ५० घरधुरीलाई पुग्ने गरी आवश्यक राहत तथा व्यवस्थापनका सामाग्री व्यवस्थाप भईसकेको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषमा प्रदेश र संघीय सरकारबाट प्राप्त करिव ५० लाख बजेट मौज्याद छ । जिल्लामा सम्भावित विपद्का घटना आईपरेमा खुलाक्षेत्रको पहिचान ,समाजघर,आमा समुहको घर,क्लव घर र विद्यालयहरुमा व्यवस्थापन गर्ने गरी सबै तयारी भईसकेको छ ।
हामी चाहन्छौ हामी कहाँ अन्यत्र जस्तो विपद् नआओस भन्ने हाम्रो मुक्तिनाथ भगवानसंग प्रार्थना छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता