एक साता अघि उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रका भारी हिमपात भयो । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ घमीदेखि नेपाल—चीन उत्तरी कोरलानाकासम्म बाक्लो हिमपात भयो । यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीदेखि माथि मुक्तिनाथ र थोरङ्लापास क्षेत्रमा भारी मात्रामा हिमपात भयो ।
यहाँको घरपझोङ थासाङ गाउँपालिकामा र वारागुङ मुक्तिक्षेत्रका केही स्थानका उच्चलेंक समेत हिउँले सेताम्मे भए ।समुन्द्री सतहको तीन हजार मिटर माथिको उचाईमा हिमपात हुँदा यहाँका डाँडाकाँडा ,खर्क र पाटन हिउँले चाँदी झै सेताम्मे भएका छन् । यो वर्ष बेमौसममा हिमपात भएको स्थानीय बताउँछन् । हिउँ पर्ने अनुकुल समय पुस र माघ महिनालाई लिने गरिएपनि योवर्ष डेढ महिना अगावै भारी हिमपात भएको हो ।
त्यसो त मुस्ताङमा लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न पाएको थिएन ।हिउँ नपर्दा हिमालको सौन्दर्यता घट्दै गईरहेको थियो । कृषि ,पर्यटन र जैविक विविधतामा समेत प्रत्यक्ष÷परोक्ष असर पु¥याई रहेको छ । कुनै बेला यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म दुई फिट बढी हिउँ पथ्र्यो । तर, केही वर्षयता मुस्ताङीले हिउँ परेको अनुभव गर्न पाएका थिएनन् । कतिपयले यसलाई जलवायु परिवर्तनका असर भनेर अथ्र्याउने गरेका छन् । कुनै वर्ष भारी हिमपात ,कुनै वर्ष सामान्य हिमपात त कुनै वर्ष हिउँनै नपर्ने खालका प्राकृतिक घटनाहरु जलवायु परिवर्तनले सृज्रित समस्याका रुपमा लिने गरिएको थियो । हिउँ नपर्दा जमिनको तापमान वृद्धि हुँदा खेतीयोग्य जमिन सुख्खा र बाँझो हुने, सिंचाईका मुहानहरु सुक्दै जाने, चरनक्षेत्रमा घाँस पलाउन छाड्ने र कृषि उत्पादनमा विभिन्न रोगकिराहरुको संक्रमण देखा पर्ने लगायतका कारण यहाँको हिमाली जिवनशैली र संस्कृति प्रतिकुल बन्दै गईरहेको थियो ।
तर, यो वर्ष अनुकुल समय अगावै मुस्ताङका उच्चलेंकमा हिउँ प¥यो । यहाँका बस्तीहरुमा भने वर्षासंगै आशिंक हिउँ प¥यो । हिउँ पर्नु अघि मुस्ताङ पुरै पर्यटकले गुल्जार थियो । तिहार पर्वको भाईटिका लगत्तै मुस्ताङमा पर्यटकको आगमनले थेगिसक्नु थिएन । दैनिक दश हजार पर्यटक मुस्ताङ भित्रिदा यहाँका पुरै होटलहरु पर्यटकहरुले भरिभराउ थिए । यसैक्रममा यहाँ पर्यटक भित्रिने रफ्तार चलिरहेको थियो ।
त्यसबेला बेनी—जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आईपुगेका पर्यटकहरु हिउँ र वर्षाले प्रभावित भए । दिनभर यहाँ कतै भारी हिमपात त कतै अविरल वर्षा भईरहेको थियो । कागबेनीदेखि माथि बाक्लो हिउँ परेकाले सवारी साधन मुक्तिनाथ उकाल्न निकै सकस प¥यो । मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकहरु जोमसोम झर्न समेत मुश्किल प¥यो । यहाँले हिउँकै कारण सडकमार्ग र मुक्तिनाथ पैदलमार्ग समेत हिउँले पुरै ढाकियो । हिउँसंगै अत्यधिक चिसोले मुक्तिनाथ यात्रामा निस्किएका पर्यटकहरु बिचल्लीमा परे । कतिपय जोखिम मोलेर मुक्तिनाथको दर्शन गर्न पुगे त कतिपय होटलमै रोकिन पुगे । हिउँले मुक्तिनाथ मन्दिर परिसर पुरै छोपेको थियो । स्नानकुण्ड र १०८ धारामा हिउँले बरफ बनेर जमेको थियो । जसका कारण मुक्तिनाथ पुगेर स्नान गरी दर्शन गर्ने चाहना अधुरो रह्यो । लाग्छ मुक्तिनाथ दर्शन गर्ने तीब्र ईच्छ्या बोकेर पावन भूमीमा पाईला टेकेका दर्शनार्थीलाई हिउँले ठुलो सकस पु¥याईदियो ।
तर,बुधबार भने यहाँको मौसम खुलेको छ । हिउँ र वर्षा रोकिएसंगै मुक्तिनाथक्षेत्रमा हिउँको सौन्दर्यता बढ्दै जान थाल्यो । चाँदी झै टलक्क टल्किएका हिउँ मय पहाडहरुले अघिल्लोदिन सास्ती खेपेका पर्यटकहरु हिउँ उमंगले रोचक रौनकतामा बदलिदियो । भक्तपुर सूर्यबिनायक नगरपालिका—१ का यमन मानन्धर मोटर साईकल चढेर हिउँ छिचोल्दै मुक्तिनाथ पुगेका थिए । अघिल्लोदिन कठिन हिउँ र वर्षाको सामना गरेका मानन्धर बुधबार भने निकै उत्साहित थिए । साथीहरुसंगै मुक्तिनाथ पुगेका मानन्धर मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँ माथि लुकामारी खेल्दै थिए । कस्तो गज्जव ,आहा कति रमाईलो वातावरण मानन्धर भन्दै थिए। ‘प्रकृतिले दिएको अनुपम बरदान सेताम्मे हिउँको प्रत्यक्ष साक्षात्कार गर्न पाईयो, सधैं धुलो र प्रदुषण मुक्त सहरबाट कैलास पर्वत आएझै भैईराछ,सायद स्वर्गको टुक्रा छ त यही कति छ ,’मानन्धर भन्दै थिए ।’
अघिल्लोदिन हिउँको सास्ती भोगेका काठमान्डौं महानगरपालिका—९ चन्द्रागिरीका समेश मानन्धर पनि आफ्ना साथीहरुसंग मुक्तिनाथको हिउँमा लुटिपुटी खेल्दै थिए । उहाँ साथीहरुसंगै हिउँमा सेल्फी खिच्दै र भिडियो बनाउँदै थिए । ‘थाहै थिएन यहाँ आईपुग्दा हिउँको मज्जा लिन पाईएला भनेर,’उहाँले भन्नुभयो,‘सायद हामी भाग्यमानी रहेछ । मुक्तिनाथमा शिवजीको बासस्थान रहेको ठाउँमा कैलास पर्वत पनि भेटिएला भन्ने, यही हो कैलास पर्वत ,यही हो शिवको बासस्थान ।’
यसैगरी सोही स्थानका अर्को पर्यटक बिक्रम मानन्धर पनि हिउँमा रमाई रहेका देखेन्थे । हिउँसंगै रमाउँदै हिउँको डल्ला डल्ला पारेर साथीहरुलाई बर्र्साईरहेका थिए । कुनै बेला हिउँको भिरालो पाखोमा चिप्लेटी खेलेझै गरी तल र माथि गरिहन्थे । सायद हिउँको उमंगले मानन्धरलाई गन्तब्य बिसाईदिएको थियो । उहाँका साथीहरु अब त जाउ जाउ भन्दै थिए, तर उहाँ हिउँ खेल्दै एकछिन है भन्दै साथीहरुलाई रोकिरहेका थिए ।
मुक्तिनाथमा मानन्धरको टोली मात्रै होईन अरु थुप्रै पर्यटकहरु मुक्तिनाथको दर्शन गरी हिउँको उमंगमा रमाईरहेका थिए । कोही हिउँको लोला हान्थे, कोही हिउँमा नाचेर टिकटक बनाईरहेका थिए त कोही फोटो र भिडियो खिच्न तछाडमछाड देखिन्थे ।
मुक्तिनाथ स्थित होटल ग्राण्ड साम्वलाका प्रोपाईटर एवं पर्यटन व्यवसायी सुरज गुरुङले योवर्ष चाँडै हिउँ परेको सुनाउँनुभयो । हिउँ थप अझै एक दुई फिटसम्म जम्न सक्यो भने यसक्षेत्रमा हिउँ पर्यटक बढ्ने पर्यटन व्यवसायी गुरुङले दावी गरे । ‘अहिले जमिन तातो भएकाले हिउँ जम्न सकेको छैन, तैपनी ७÷८ ईञ्च हिउँ जमेको छ,‘ थप हिउँ प¥यो भने यसक्षेत्रमा मुक्तिनाथको दर्शन मात्रै होईन हिउँ खेल्न र हेर्न पर्यटकहरु आउने बताउँनुभयो ।
हिउँले यहाँको जनजिवनमा प्रभावित तुल्याएपनि हिउँले किसानलाई फाईदा पुगेको वारागुङ—१ वडाध्यक्ष प्रमेश गुरुङले बताउँनुभयो । मंगलबार परेको हिउँले यहाँको स्याउ बोट र अन्य बाटबिरुवामा क्षति तुल्याएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली